काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ आयात ५.६ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट नौ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका अनुसार पुस मसान्तसम्म पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल गरी कुल नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१–८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात ५१ करोड ५९ लाख ४३ हजार रुपैयाँ अर्थात ५ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ। आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वसमेत ५ दशमलव ७० प्रतिशत अर्थात २५ करोड ४२ लाख ४० हजार रुपैयाँले बढेको उनले जानकारी दिए।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
यस अवधिमा चार अर्ब ७२ करोड छ लाख रुपैयाँ मूल्य बराबरको ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको छ। यस्तै, तीन अर्ब २२ करोड ६५ लाख रुपैयाँ मूल्य पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ।
त्यसैगरी छ महिनाको अवधिमा एक अर्ब २४ करोड सात लाख रुपैयाँ मूल्य बराबरको १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख रुपैयाँ मूल्य बराबरको चार हजार ११२ किलोलिटर एटिएफ र नौ करोड पाँच लाख रुपैयाँ मूल्य बराबरको ९६४ किलोलिटर मट्टितेल आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ।
सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

