भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गरेको हो ।
यसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि, १ लाख कित्ता साधारण समूहका लागि छुट्याइएको छ ।यस्तै, कम्पनीका कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सेयर निष्कासन गरिएको छ । बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन माघ १५ गतेसम्म दिन सकिने र सो अवधिमा माग अनुसार आवेदन नपरेमा माघ २६ गतेसम्म म्याद थपिने कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
सम्बन्धित समाचार
सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगल डोर’ फ्रिजहरू
मोटरसाइकलको ठक्करबाट घाइतेको उपचारको क्रममा निधन
ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
बिजुली बिक्रीमा उछाल, सुपर मादी हाइड्रोपावरको नाफा २७८ प्रतिशतले बढ्यो
आजदेखि दुई सिफ्टमा विद्युतीय राहदानी सेवा, सार्वजनिक बिदामा पनि कार्यालय खुला
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

