काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन तोलामा ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ६ हजार ८ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




