सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै
काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा तीन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपद्वारा माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउसमा विशेष प्रविधि एक्स्पो आयोजना हुँदैछ।
“बलियो अनुभव: प्रविधि र जीवनशैली” नाम दिइएको यस एक्स्पो सागर ग्रुपले आयोजना गर्ने प्रविधि एक्स्पोको चौथो संस्करण हो। ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराउँदै सूचना प्रविधिका नयाँ प्रवृत्ति, नवीन उत्पादन तथा बजार अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागिएको सागर ग्रुपले जनाएको छ।

सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरले यस एक्स्पोले ब्राण्ड र ग्राहकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन्। एक्स्पोमा ब्रदर, कोनिका मिनोल्टा, कास्परस्की, एनईसी, माइक्रोप्याक, एक्स–ल्याब, आईडीपी लगायतका ब्राण्डहरूका उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ। सो अवसरमा सम्बन्धित ब्राण्डका प्रतिनिधि तथा प्राविधिकहरू उपस्थित भई आवश्यक जानकारी प्रदान गर्नेछन्।
एक्स्पो अवधिभर उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरूले विशेष छुट तथा अतिरिक्त सेवा पाउनेछन् भने ब्रदर र कोनिका मिनोल्टा ले नयाँ उत्पादनहरू सार्वजनिक गर्नुका साथै सहभागिहरूलाई विभिन्न प्रकारका प्रोडक्ट ट्रेनिङ पनि प्रदान गरिनेछ। ६ दिनसम्म प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने एक्स्पोमा अवलोकनका लागि आउने आगन्तुकहरूलाई हाई टी तथा गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
