सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै
काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा तीन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपद्वारा माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउसमा विशेष प्रविधि एक्स्पो आयोजना हुँदैछ।
“बलियो अनुभव: प्रविधि र जीवनशैली” नाम दिइएको यस एक्स्पो सागर ग्रुपले आयोजना गर्ने प्रविधि एक्स्पोको चौथो संस्करण हो। ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराउँदै सूचना प्रविधिका नयाँ प्रवृत्ति, नवीन उत्पादन तथा बजार अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागिएको सागर ग्रुपले जनाएको छ।

सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरले यस एक्स्पोले ब्राण्ड र ग्राहकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन्। एक्स्पोमा ब्रदर, कोनिका मिनोल्टा, कास्परस्की, एनईसी, माइक्रोप्याक, एक्स–ल्याब, आईडीपी लगायतका ब्राण्डहरूका उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ। सो अवसरमा सम्बन्धित ब्राण्डका प्रतिनिधि तथा प्राविधिकहरू उपस्थित भई आवश्यक जानकारी प्रदान गर्नेछन्।
एक्स्पो अवधिभर उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरूले विशेष छुट तथा अतिरिक्त सेवा पाउनेछन् भने ब्रदर र कोनिका मिनोल्टा ले नयाँ उत्पादनहरू सार्वजनिक गर्नुका साथै सहभागिहरूलाई विभिन्न प्रकारका प्रोडक्ट ट्रेनिङ पनि प्रदान गरिनेछ। ६ दिनसम्म प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने एक्स्पोमा अवलोकनका लागि आउने आगन्तुकहरूलाई हाई टी तथा गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

