• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ चैत २०८२, आइतबार
१५ चैत २०८२, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • २० घण्टा 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • २२ घण्टा 

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग
  • २४ घण्टा 

काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै
  • १ दिन 

प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षा र हिमपात ?
  • १ दिन 

कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुला, सर्वसाधारणलाई कति ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १० गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • ३. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ५. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ७. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ८. नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेको जे ६ टि

  • ९. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • १०. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

जानकारी केन्द्र २०८२, माघ, २६

काठमाडौं । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. ले बुधबार सुनसरीको रामधुनी नगरपालिका, तित्रिवनमा अत्याधुनिक आइशर थ्री एस (सेल्स, सर्भिस र स्पेयर्स) फ्यासिलिटीको उद्घाटन गरेको छ। यससँगै कम्पनीले पूर्वी नेपालमा कमर्शियल गाडीको बिक्री तथा आफ्टर सेल्स सर्भिसको सेवामा आफ्नो प्रतिबद्धता थप सुदृढ गरेको बताइएको छ।

उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. का प्रबन्ध निर्देशक शान्त राज बतास तथा भीई कमर्शियल भेहिकल्स (भीईसीभी ) का वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख  अमन अरोरा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै सीएनआईर एफएनसीसीआई का प्रतिनिधि, अटोमोबाइल संघका सदस्य, बैंकर, एमएडब्लू ग्रुप, बिएमसीभी र भीईसीभी का लिडरशिप टिम, ग्राहकवर्ग तथा व्यवसायिक साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अतिथिहरूलाई स्वागत गर्दै एमएडब्लू इन्टरप्राइजेज प्रा. लि. का उपाध्यक्ष हेमन्त पुराणिकका अनुसार , “रामधुनी/इटहरीमा नयाँ ३ एस फ्यासिलिटी सुरु गरेर हामीले यो महत्वपूर्ण बजारमा हाम्रो उपस्थितिलाई अझ सुदृढ बनाएका छौं। यस मार्फत् ग्राहकहरूलाई विश्वस्तरीय उत्पादन, व्यावसायिक आफ्टर सेल्स सर्भिस र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौं।” साथै उनले उक्त थ्रीएस फ्यासिलिटीको संरचना र इटहरी टिमको परिचय समेत गराएका थिए।

कम्पनीका अनुसार, नव उद्घाटित फ्यासिलिटी दक्ष प्राविधिक, आधुनिक डायग्नोस्टिक उपकरण र पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स सेन्टर सहित सञ्चालनमा आएको छ, जसले छिटो सेवा प्रदान गर्दै सवारीको अधिकतम अपटाइम सुनिश्चित गर्नेछ।

फ्यासिलिटीको प्रशंसा गर्दै रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापाले भनिन्, “यस आधुनिक डिलरशिपको स्थापना यहाँको स्थानीय आर्थिक विकासका लागि महत्वपूर्ण कदम हो। यसले स्थानीय बासिन्दाका लागि रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको आर्थिक तथा अटोमोबाइल क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरेको छु। यस्ता लगानीहरूले समुदायमा दिगो विकास र सीप विकासलाई टेवा पुर्‍याउँछ।”

कार्यक्रममा बोल्दै बिएमसीभी तथा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले समूहको अनुशासित विकास र संस्थागत निर्माणप्रतिको दृष्टिकोणलाई जोड दिँदै भने, “यो केवल अर्को एउटा डिलरशिप मात्र नभई यस क्षेत्रको भविष्यमुखि मोबिलिटीप्रतिको हाम्रो दृष्टिकोण पनि हो। उन्नत प्रणाली, दक्ष जनशक्ति र ग्राहक–केन्द्रित सिस्टममा लगानी गरेर हामीले ग्राहकको बदलिँदो अपेक्षा र उद्योगको आवश्यकतालाई अगाडि रहेर सम्बोधन गर्ने लक्ष्य राखेका छौं।”

उनले उत्कृष्ट ग्राहक अनुभव, गुणस्तरीय सेवा र सवारी अपटाइम बढाउन बलियो बिक्री तथा आफ्टर सेल्स नेटवर्क विस्तारमा बिएमसीभी केन्द्रित रहेको बताए। साथै, यस उद्घाटनले पूर्वी नेपालको बढ्दो ढुवानी तथा यातायात वातावरणप्रति बतास एमएडब्लू ग्रुपको विश्वास झल्काउने र यातायात व्यवसायी तथा फ्लीट अपरेटरहरूको कार्यक्षमता र नाफा बढाउन सहयोग पुग्ने उल्लेख गरेका छन्।

एमएडब्लु–भीईसीभी को बलियो साझेदारीका बारेमा बताउँदै भीईसीभी का वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख अमन अरोराले नेपालमा बलियो आफ्टर सेल्स सपोर्ट प्रदान गर्ने र ग्राहकको नजिकै रहने भीईसीभी को रणनीतिक प्राथमिकता रहेको बताए। उनले भोल्भो–आइशर जोइन्ट भेन्चरबारे प्रकाश पार्दै आगामी उन्नत उत्पादनहरू, बीएस६ सिरिज र प्रो एक्स सिरिजबारे जानकारी पनि दिए।

अतिथीहरूलाई आभार प्रकट गर्दै बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. का प्रबन्ध निर्देशक  शान्त राज बातासका अनुसार “यस उद्घाटनसँगै बिएमसीभी ले भोल्भो आइशरसँग मिलेर नेपालभर आफ्नो नेटवर्क विस्तार गर्दै ग्राहकलाई गुणस्तरीय उत्पादन, भरपर्दो सेवा र विश्वसनीय सहयोग अझ नजिकबाट उपलब्ध गराउने आफ्नो प्रयासलाई निरन्तरता दिएको छ।”

पूर्वी नेपालको प्रमुख व्यावसायिक तथा ढुवानी करिडोरसँग रणनीतिक रूपमा जोडिएको यस नयाँ थ्री एस फ्यासिलिटीले एउटै छानामुनि सवारी बिक्री, आधुनिक सर्भिस पूर्वाधार र ओरिजिनल स्पेयर पार्ट्स उपलब्ध गराउँदै सहज र समग्र ग्राहक अनुभव प्रदान गर्ने जनाइएको  छ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • थ्री एस
  • बतास एमएडब्लू कमर्शियल भेहिकल्स
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग

ताजा

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.