• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • ९ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १० घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • १ दिन 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • १ दिन 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ३. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ४. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • ५. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ६. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ७. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ८. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

  • ९. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

  • १०. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा सार्वजनिक : कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ अध्यायको सुरुवात

जानकारी केन्द्र २०८२, माघ, २९

काठमाडौं । स्कोडा नेपालले बहुप्रतीक्षित स्कोडा कायलाकलाई मंगलबार औपचारिक रूपमा सार्वजनिक गरेको छ । यसले एसयुभी सेग्मेन्टमा ब्रान्डका लागि महत्वपूर्ण उपलब्धि थपेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, चन्द्रागिरि हिल्समा आयोजित लन्च कार्यक्रम कम्पनीको लिडरशिप, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको थियो, जसले यस मोडलप्रति नेपालमा देखिएको उत्साह झल्काएको छ।

कार्यक्रमको उद्घाटन एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लू एक्सपान्ज प्रा. लि. का कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए।। उनीहरुले कायलाक सार्वजनिक गर्दै नेपालको विविधतायुक्त सडक अवस्थाका लागि यसको उपयुक्तताबारे प्रकाश पारे।

कार्यक्रममा कायलाकलाई केवल सहरका लागि मात्र नभई हाइवे र पहाडी सडकका लागि समेत उपयुक्त एसयुभीका रूपमा प्रस्तुत गरिएको थियो, जसले यसको वास्तविक नेपाली सडकका लागि बनेको गाडी भन्ने पहिचानलाई थप मजबुत बनाएको कम्पनीको दाबी छ।

सहरमा सहज प्रयोग, हाइवेमा आरामदायी यात्रा र पहाडी सडकमा आत्मविश्वासपूर्ण प्रदर्शनका लागि डिजाइन गरिएको स्कोडा कायलाकले कम्प्याक्ट आकारको हुँदाहुँदै पनि दमदार रोड प्रेजेन्स र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

१७८ एनएम टर्क र ११५ बीएचपी पावर दिने टर्बोचार्ज्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित कायलाक आफ्नो सेग्मेन्टकै उत्कृष्ट प्रदर्शन दिने गाडीमध्ये एक हो। यसले सहज ओभरटेक, उकालोमा मजबुत चढाइ तथा दैनिक यात्रामा सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ। यसको सन्तुलित पावर डेलिभरीले उकालो, ग्राभेल सडक तथा अनिश्चित सतहमा समेत नियन्त्रणसहितको प्रदर्शन सुनिश्चित गर्छ, जसले यसलाई नेपालको विविधतायुक्त भू-भागका लागि अत्यन्त उपयुक्त बनाउँछ।

कम्पनीका अनुसार, ने.रू. ४५ लाख ९० हजारदेखि उपलब्ध कायलाकले उच्च प्रदर्शन, सुरक्षा र प्रिमियम निर्माण गुणस्तरलाई अझ फराकिलो ग्राहक वर्गसम्म पुर्याएको छ। यस लाइनअपको प्रमुख आकर्षण स्कोडा कायलाक अटोमेटिक हो, जुन ने.रू.५२ लाख ९० हजारदेखि सुरु हुन्छ र विशेष गरी ट्राफिक तथा उकालोमा गाडी रोक्दा-चलाउँदा स्मूथ, शक्तिशाली र तनावमुक्त ड्राइभिङ अनुभव प्रदान गर्छ।

स्कोडाको सदाबहार फाइभस्टार सुरक्षा इन्जिनियरिङमा आधारित कायलाकले यात्रु सुरक्षालाई उच्च प्राथमिकता दिएको कम्पनीले बताएको छ। युरो एनक्याप र भारत एनक्याप जस्ता ग्लोबल क्र्यास टेस्ट कार्यक्रमहरूमा प्राप्त फाइभस्टार सुरक्षा रेटिङले वर्षौंदेखि ग्राहकको विश्वास जित्दै आएको कम्पनीले जनाएको छ।

कायलाकलाई मनाङ, ढोरपाटन र ३,७५६ मिटर उचाइमा रहेको तीनजुरे जस्ता चुनौतीपूर्ण भू–भागमा परीक्षण गरिएको छ, जसले वास्तविक अवस्थामा यसको क्षमतालाई प्रमाणित गरेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार, भारतमा सार्वजनिक भएको पहिलो वर्षमै ५० हजार्भन्दा बढी युनिट बिक्री भइसकेको कायलाकले अटोएक्स, जागरण हाइ टेक, कार एण्ड बाइक अवार्ड्स र मोटरस्क्राइब्सबाट “कार अफ द इयर २०२५” लगायतका सम्मानहरू प्राप्त गरिसकेको छ, जसले यसको समग्र प्रदर्शन, डिजाइन र मूल्यलाई प्रमाणित गर्छ।

कार्यक्रममा बोल्दै  विष्णु अग्रवालले भने, “स्कोडा कायलाक हरेक उकालोमा आत्मविश्वास र हरेक सडकमा नियन्त्रण प्रदान गर्ने गाडी हो। यो नेपालको अनिश्चित सडक अवस्थालाई ध्यानमा राखेर इन्जिनियर गरिएको छ, जहाँ यसको पावर वास्तवमै प्रयोग गर्न सकिन्छ।”

रौनक अग्रवालले थपे, “कायलाकले प्रिमियम इन्जिनियरिङ, दमदार प्रदर्शन र स्कोडाको १२-१२-१२-१२ कार्यक्रम मार्फत सहरका सडकदेखि पहाडका बाटोसम्म किफायती मर्मतसम्भार तथा तनावमुक्त स्वामित्व अनुभव प्रदान गर्छ।”

आधिकारिक सार्वजनिकसँगै स्कोडा कायलाकले आफूलाई पावर, भू-भागमा क्षमता र आत्मविश्वासको उत्कृष्ट संयोजन दिने अटोमेटिक एसयुभीका रूपमा स्थापित गरेको छ, जुन वास्तवमै नेपालको अनिश्चित सडकका लागि बनेको कम्पनीको दाबी छ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • स्कोडा कायलाक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.