चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कक्षा–१२ का लागि सञ्चालन गरिने प्याब्सन एसएलसीप्रि–बोर्ड परीक्षा–२०८२ आगामी चैत्र १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।
प्याब्सन केन्द्रीय परीक्षा विभागको माघ २४ गते बसेको बैठकले विगत वर्षहरूझैं यस वर्ष पनि प्रि–बोर्ड परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। सो निर्णयबारे केन्द्रीय कार्यसमितिले प्रदेश तथा जिल्ला कार्यसमितिहरूलाई पत्रमार्फत जानकारी गराएको बताइएको छ।
केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटवालले प्याब्सन आबद्ध सम्पूर्ण सदस्य विद्यालयहरूलाई उक्त परीक्षा अनिवार्य रूपमा सञ्चालन गरी सहभागी हुन निर्देशन दिएका छन्। उनले परीक्षा व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी समयमै सम्पन्न गर्न सम्बन्धित विद्यालय र निकायलाई आग्रह गरेका छन्।
प्याब्सनका अनुसार परीक्षा तालिका तथा अन्य विस्तृत विवरण आगामी सूचनामार्फत सार्वजनिक गरिनेछ। यस वर्षको प्रि–बोर्ड परीक्षा व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न संगठनले विशेष ध्यान दिएको जनाएको छ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

