मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तलाई तपाइकोबजारको प्रायोजनमा एक इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ। काठमाडौंको पानीपोखरीस्थित तपाइकोबजार शोरुम परिसरमा आयोजित विशेष कार्यक्रममा स्कुटर हस्तान्तरण गरिएको हो। कार्यक्रमको आयोजना रिबन इन्टरटेनमेन्टले गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ रहेका थिए। त्यसैगरी सम्मानित अतिथिहरूमा वरिष्ठ कलाकार सरोज खनाल, वरिष्ठ कलाकार धिरेन शाक्य तथा वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधि, अटो व्यवसायी तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ, तपाइकोबजारका प्रबन्ध निर्देशक सुशील संग्रौला तथा प्रमुख कार्यकारी अधिकृत माया लामाको संयुक्त उपस्थितिमा विजेता रक्षा पन्तलाई इलेक्ट्रिक स्कुटरको साँचो हस्तान्तरण गरिएको थियो। कार्यक्रममा मिसेस नेपाल वर्ल्ड २०२५ का अन्य विजेताहरूलाई समेत आयोजक संस्थाद्वारा विभिन्न पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै तपाइकोबजारका प्रबन्ध निर्देशक सुशील संग्रौलाले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिभालाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए। उनले भने-“हामी व्यवसाय मात्र होइन, समाजसँग जोडिएको संस्था हौँ। प्रतिभाशाली महिलालाई प्रोत्साहन गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो।”
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूले विजेताहरूलाई बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरेका थिए। इलेक्ट्रिक सवारीको प्रवर्द्धनसँगै महिला सशक्तीकरणलाई जोड्ने उद्देश्यले गरिएको यो पहललाई सकारात्मक रूपमा लिइएको बताइएको छ।

सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
