बसन्तपुरमा रङ्गीचङ्गी चीर ठड्याएर सुरु भयो आजदेखि होली पर्व
जानकारी केन्द्र
२०८२, फाल्गुन, १२
काठमाडौं । काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ, जससँगै देशभर फागुन शुक्ल अष्टमीका दिनदेखि होलीको पर्व औपचारिक रूपमा सुरु भएको छ।
प्रचलनअनुसार, हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्वको आरम्भ मानिन्छ। यस वर्ष मंगलबार बिहान मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहित चीर ठड्याउँदै एकअर्कामा अबिर हालेर पर्वको संकेत दिएका छन्।
त्यसैगरी, पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्र, र कृष्णमन्दिर परिसरमा रङ्गीचङ्गी कपडाका टुक्रा झुण्ड्याएर होलीको सुरुवात जनाउने परम्परा रहिआएको छ।
यो वर्षको होली पर्व फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराईरमधेशका जिल्लामा सार्वजनिक बिदासहित मनाइनेछ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
