नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला
काठमाडौं । आगामी चैत ११ देखि १५ सम्म पोखरामा हुने वाडा अटो शो २०२६ को लागि स्टल बुकिङ खुल्ला गरिएको छ । पोखरा लेकसाइड, तालबाराही चोकस्थित खेल मैदानमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) द्वारा नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को आयोजना गरिने भएको बताइएको छ ।
पहिलो संस्करणको अपार सफलता पछि, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पर्यटकीय राजधानी सुन्दर नगरी पोखरामा दोस्रो पल्ट उक्त अटो शो हुन लागेको जनाइएको छ ।
सम्पूर्ण साना, मझौला तथा ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गर्दै आज अर्थात फागुन १२ गते देखि १९ गते सम्म प्रदर्शनीका लागि स्टल बुकिङ खुल्ला गरिएको वाडाले जनाएको छ ।
प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिले गर्नेछ भने स्टल बुकिङका लागि इच्छुक कम्पनी र संस्थाहरूले eventsgems@gmail.com वा ९८०१५४१५३८ मा सम्पर्क गरी जानकारी लिन सक्ने बताइएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

