रटाइभन्दा तर्कलाई प्राथमिकता दिने ग्लोबल म्याथ डिबेट लिग सम्पन्न
काठमाडौँ । नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सम्पन्न भएको छ । ग्लोबल म्याथ डिबेट लिगद्वारा आयोजित राष्ट्रिय चरण ललितपुरस्थित द प्लाजामा सफलतापूर्वक सम्पन्न भएको बताइएको छ । झापा, विराटनगर, चितवन, लुम्बिनी, पोखरा र काठमाडौँबाट सुरु भएको यो शैक्षिक यात्रा राष्ट्रिय स्तरको सर्किटका रूपमा विस्तार हुँदै आएको थियो । गणित विषयमा नयाँ ढङ्गले तर्क र बहस गर्ने नेपालको पहिलो मञ्चका रूपमा यसले विशेष पहिचान बनाउन सफल भएको जनाइएको छ।
शैक्षिक संस्था एमबार्क अनम्याथको नेतृत्वमा सञ्चालन भएको यस अभियानले विद्यालयमा गणित पढाउने र बुझ्ने परम्परागत शैलीलाई फरक आयाम दिएको बताइएको छ । यहाँ छिटो उत्तर निकाल्नु वा सही जवाफ दिनु मात्र महत्वपूर्ण हुँदैन; विद्यार्थीले आफ्नो उत्तर किन सही हो भन्ने स्पष्ट रूपमा व्याख्या गर्नुपर्छ । अरूको तर्कमा प्रश्न उठाउँदै आफ्नो धारणा तार्किक र सुस्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । यस कारण यो प्रतियोगिता परम्परागत परीक्षाभन्दा फरक र शैक्षिक समीक्षाको अभ्यासका रूपमा हेरिएको छ ।

क्षेत्रीय चरणदेखि राष्ट्रिय मञ्चसम्म : क्षेत्रीय चरणहरू सम्पन्न भएपछि झापा, विराटनगर, चितवन, पोखरा र बुटवलबाट उत्कृष्ट टोलीहरू राष्ट्रिय मञ्चमा प्रतिस्पर्धाका लागि पुगेका थिए । अल्फा क्याटेगरीमा १३ टोली र बिटा क्याटेगरीमा १४ टोली च्याम्पियनसिप चरणमा प्रवेश गरेका थिए । यसले प्रतियोगिताप्रति बढ्दो रुचि र प्रतिस्पर्धाको स्तर स्पष्ट देखाएको बताइएको छ ।
रटाइको संस्कृतिलाई चुनौती : नेपालको शिक्षा प्रणालीमा अन्तिम उत्तरलाई नै प्रमुख उपलब्धि मान्ने परम्परा रहँदै आएको छ तर ग्लोबल म्याथ डिबेट लिगमा ‘किन’ र ‘कसरी’ भन्ने पक्षलाई उच्च प्राथमिकता दिइन्छ । विद्यार्थीहरूले गणितीय दाबी वा निष्कर्षका पक्षमा तर्क तयार पार्छन् र हरेक प्रश्नको सुसंगत जवाफ प्रस्तुत गर्छन् ।
राष्ट्रिय च्याम्पियनको अल्फा क्याटेगरीको पहिलो स्थानमा प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुल, मानव सांघाई, आँश रुँगटा, विवान अग्रवाल त्यस्तै दोस्रो स्थानः काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल, आध्या थापा, अनुप्रेक्षा खतिवडा, विधेयक ढकाल तथा तेस्रो स्थानः नामी इन्टरनेशनल स्कुलबाट श्रेयसी आचार्य, काव्य श्रीवास्तव, अक्षज पराजुलीले प्राप्त गरे ।
त्यस्तै बिटा क्याटेगरीमा पहिलो स्थानः न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, प्रस्तुति नेपाल, समराग्री बेलबासे, प्रेक्षा खनाल त्यस्तै दोस्रो स्थानः प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुल, आयुष्मान अग्रवाल, आगमन गौतम, ओसिन श्रेष्ठ तथा तेस्रो स्थान (संयुक्त) : राई स्कुलका विपुल दुबे, गौरांश त्यागी, ओजस झा तथा कुमुदिनी होम्स सेकेन्डरी स्कुलबाट संस्कृति गैरे, आदित्य खत्री, प्रतिष्ठा के.सी. ले प्राप्त गरे ।

यस प्रतियोगिताको राष्ट्रिय चरणमा ब्रिटानिका आएनसीले अनुसन्धान तथा सीप–प्रविधि साझेदारका रूपमा सहभागी भएको थियो । त्यसैगरी फुडमाण्डु खाना डेलिभरी साझेदार र टिबिजी नेपाल फ्र्याक्सन प्रायोजकका रूपमा संलग्न रहेका थिए भने लुम्बिनी वल्र्ड स्कुल र कुमुदिनी होम्स सेकेन्डरी स्कुल सह–आयोजक साझेदारका रूपमा रहेका थिए । त्यस्तै एडुकेज र ल्याब अफ फ्युचरले पनि आवश्यक सहयोग प्रदान गरेका थिए ।
विद्यालय र निजी क्षेत्रबीचको यस्तो सहकार्यले आगामी दिनमा शैक्षिक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने सम्भावना देखाएको बताइएको छ । भविष्यमा यस्ता शैक्षिक सर्किटहरू विस्तार गर्न यो सहकार्यात्मक ढाँचा उपयोगी मोडेल बन्न सक्ने विश्वास व्यक्त गरिएको छ ।
मूल्यांकनका क्रममा तर्कको गहिराइ, विचारको स्पष्टता, विषयवस्तुसँगको तालमेल तथा परिस्थिति अनुसार अनुकूलन गर्ने क्षमतालाई आधार बनाइन्छ । यस्ता सीपहरू उच्च शिक्षा तथा वास्तविक जीवनका समस्या समाधानमा उपयोगी मानिन्छन् । बहसको यो ढाँचाले विद्यार्थीका कमजोरीहरू उजागर गरी उनीहरूलाई आफ्नो सोचाइप्रति थप आत्मविश्वासी बन्न मद्दत पुर्याउँछ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

