• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ बैशाख २०८३, मङ्गलबार
०१ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
  • ६ घण्टा 

आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु
  • ८ घण्टा 

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
  • ८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १२ घण्टा 

२०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?
  • १ दिन 

नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?
  • १ दिन 

२०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

लोकप्रिय समाचार

  • १. भल्वो आइसरको ऐतिहासिक माइलस्टोनः वार्षिक १ लाख बढी युनिट बिक्री

  • २. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

  • ३. Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market

  • ४. भाडाको कोठामा बस्नेहरू होसियार, भुलेर पनि नगर्नुस् यी गल्ती नत्र रिसाउनेछिन् माता लक्ष्मी

  • ५. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य

  • ८. २०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि कति ?

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

जानकारी केन्द्र २०८३, बैशाख, २

काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स-८ सिरिज अन्तर्गत दुई स्मार्टफोन पोको एक्स-८ प्रो ५ जि र एक्स-८ प्रो म्याक्स ५ जि सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार, पोको एक्स-८ प्रो ५ जि मा फ्ल्यागसिप डाइमेनसिटी ८५००-अल्ट्रा प्रोसेसर छ भने जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्नुका साथैयसमा ६५०० एमएएच पावरको ठूलो ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ। त्यस्तै गरी ५० मेगापिक्सल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा भएकाले तस्विर खिच्दा वा भिडियो बनाउँदा उत्कृष्ट अनुभवको महसुस गर्न सकिने बताइएको छ।

डिस्प्लेमा ६.५९ इन्चको १.५के रेजोलुसनसहित १२० हर्ज अल्ट्रा-ब्राइट एमोलेड स्क्रिन भने जसमा उच्च ब्राइटनेस र डिमिङको फिचरसमेत उपलब्ध रहेको जनाइएको छ। यसबाहेक पोको एक्स-८ प्रो ५जि मा आइपी ६८ को रेटिङको सुविधा भएकाले पानी र धुलोबाट बचाउनुका साथै लामो समयसम्म टिकाउ राख्न मद्दत गर्ने कम्पनीको विश्वास छ ।

त्यस्तै पोको एक्स-८ प्रो म्या क्स ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ९५००एस चिपसेट जडान गरिनुका साथ यसमा ८५०० एमएएच क्षमताको शक्तिशाली ब्याट्री, १०० वाट हाइपरचार्ज, २७ वाट रिभर्स चार्जिङको सुविधा भएकाले दुई दिनसम्म ब्याट्री टिक्न सक्ने कम्पनीको दाबी छ।

यस स्मार्टफोनमा ६.८३ इन्चको १.५ के १२० हर्ज अल्ट्रा-ब्राइट एमोल्ड डिस्प्ले रहेको छ भने ५० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा-वाइड क्यामेरा र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ। यसमा पनि आइपी ६८ डस्ट तथा वाटर रेसिस्टेन्सको सुविधासँगै स्प्ल्याश, ड्रप, बेन्ड र प्रेसरबाट थप सुरक्षा प्रदान गर्ने बताइएको छ।

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले भने, “पोको एक्स-८ सिरिज केवल गेम खेल्नेका लागि मात्र होइन, यो उनीहरूका लागि डिजाइन गरिएको हो जसले हरेक कुरामा उत्कृष्टता खोज्ने गर्छन्। यसमा रहेका असाधारण फिचरहरू फ्ल्यागसिप स्तरको प्रोसेसिङ पावर, आकर्षक डिस्प्ले, टिकाउसहितको डिजाइन, क्रिएटिभिटी र विश्वसनीयतालाई सन्तुलनमा राख्ने छ। यसमा डुअल-लेन्स क्यामेरा, डाइनामिक आरजीबी लाइटिङ र हाइपर एआईको सहयोगमा उच्चस्तरको तस्विर खिच्न सकिनेछ।”

कम्पनीका अनुसार, पोको एक्स-८ प्रो ५ जि दुई भेरियन्टमा उपलब्ध रहेको छ भने ८ जीबी+  २५६ जीबी भेरियन्टको बजार मूल्य रु. ६३ हजार ९ सय ९९ र १२ + ५१२ जीबीको मूल्य रु.७३ हजार ९ सय ९९ रहनुका साथै यी दुवै भेरियन्टहरू कालो, हरियो र सेतो रङमा उपलब्ध रहेको छ।

त्यसैगरी एक्स-८ प्रो म्याक्स ५ जि १२+ २५६ जीबी को मूल्य रु.७९ हजार ९ सय ९९ र १२+ ५१२ जीबीको मूल्य रु. ८९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने यी दुवै भेरियन्टहरू निलो, कालो र सेतो रङमा उपलब्ध रहेको कम्पनीको दाबीे छ।

ग्राहकहरूको सुविधाका लागि पोकोले ९ महिनासम्मको इएमआई र १ वर्षको ब्रान्ड वारेन्टीको सुविधा दिइएको बताइएको छ। यी दुवै स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरुम, देशभरका आउटलेट र दराजबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • new mobile phone in nepal
  • new phone
  • new phone in nepal
  • POCO
  • POCO X8 Pro
  • POCO X8 Pro Series
  • पोको
  • पोको एक्स-८
  • पोको एक्स-८ प्रो ५ जि
  • पोको एक्स-८ सिरिज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु
आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.