आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना
काठमाडौं । देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण हिमाली र पहाडी क्षेत्रहरूमा बादल लाग्ने अवस्था रहेको छ भने तराई क्षेत्रमा मौसम प्रायः सफा रहने देखिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा तथा उच्च क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका र खोँचहरूमा तापक्रम बढ्ने र गर्मी महसुस हुने अनुमान गरिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने चेतावनी दिइएको छ।
आज रातिको अवस्थामा भने कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती, गण्डकी तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ। साथै, कोशी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

