यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार
काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ ‘थ्रि एस’ सुबिधा विस्तार गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी नयाँ शोरूम ‘ह्विलिश ग्यालोर प्रालि’ उद्घाटन गरिएको हो । यामाहा नेपालको यो १०३ औँ शोरूम भएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले शोरुमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनीता लामा तथा एमएडब्लू राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल लगायतको उपस्थिति थियो ।
नयाँ शोरूममा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्ट्स एउटै छानामुनि उपलब्ध गराइएको छ । जसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सबै सेवाहरू एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ । दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको ह्विलिश ग्यालोर प्रा.लि.ले ग्राहकलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ।
कार्यक्रममा बोल्दै दीपक कुमार अग्रवालले भने, “बुढानीलकण्ठमा यो शोरूम सञ्चालन हुनाले यामाहाको अझ धेरै ग्राहकहरूसम्म पुग्ने र गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतालाई सकार बनाउन सहयोग गर्ने छ। प्रत्येक नयाँ आउटलेटले नेपालभर सशक्त र संगठित सञ्जाल निर्माणतर्फको हाम्रो प्रयासलाई अगाडि बढाउँछ।”
कम्पनीका अनुसार, बुढानीलकण्ठ शोरूमले काठमाडौं उपत्यकामा यामाहा नेपालको विस्तार हुँदै गएको उपस्थितिलाई थप मजबुत बनाउँदै स्थानीय राइडरहरूलाई यामाहाका सम्पूर्ण मोटरसाइकल तथा स्कुटर लाइनअप, जेनुइन स्पेयर पार्ट्स र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्नेछ।
एमएडब्लू राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ, जसले यसलाई देशकै एक विश्वसनीय मोटरसाइकल ब्रान्डका रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

