नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न
काठमाडौँ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा एक दिने करियर ओरिएन्टेड कार्यक्रम आयोजना सम्पन्न गरिएको छ । इन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सको विद्यार्थी शाखाले विद्यार्थीहरूको करियर विकास र उद्योग सम्बन्धी बुझाइलाई मजबुत बनाउने उद्देश्यले विशेष करियर सशक्तिकरण सत्र आयोजना गरेको हो ।
“ब्रिज द ग्याप : क्याम्पसदेखि करियरसम्म” शीर्षकमा आयोजित कार्यक्रममा भविष्यका प्रविधि नेतृत्वकर्ताहरूलाई कर्पोरेट क्षेत्रका अपेक्षा, तयारी प्रक्रिया तथा व्यावसायिक यात्राबारे महत्वपूर्ण जानकारी दिइयो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पिपुल एण्ड कल्चरकी निर्देशक वर्षा विष्टले उद्योगका अपेक्षा करियर विकासका अवसरहरू तथा कलेज जीवनबाट कर्पोरेट जीवनतर्फको सहज संक्रमणका विषयमा जानकारी दिइन् ।

उनले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय कार्यसंस्कृति, भर्ती प्रक्रिया तथा करियर निर्माणका व्यावहारिक पक्षबारे अनुभव साझा गरेकि थिइन् । आयोजकहरूले विद्यार्थीहरूलाई यो सत्रले अध्ययनदेखि पेशागत जीवनसम्मको यात्रा बुझ्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । साथै, प्रविधि क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको बताइएको छ ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजले विद्यार्थीहरूको सिकाइसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले समयसमयमा यस्ता कार्यक्रमहरू गर्दै आइरहेको कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले जानकारी दिए ।
सम्बन्धित समाचार
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
