काठमाडौं । व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई ध्यानमा राख्दै गोदरेजले आफ्नो नयाँ भिसि कुलर श्रृंखला नेपाली बजारमा उपलब्ध गराएको छ। आधुनिक प्रविधि, ऊर्जा दक्ष प्रणाली तथा प्रयोगमैत्री सुविधाले सुसज्जित यो श्रृंखला विशेषगरी पेय पदार्थ, डेरी उत्पादन तथा चिसो तापक्रममा भण्डारण गर्नुपर्ने विभिन्न सामग्रीहरूको सुरक्षित, व्यवस्थित तथा प्रभावकारी व्यवस्थापनका लागि डिजाइन गरिएको बताइएको छ।
कम्पनीका अनुसार, नयाँ श्रृंखलाअन्तर्गत भिसी इडिएक्सएक्स ३९०एक्स १आरएनएल आरडब्लु तथा भिसी इडिएक्सएक्स ३३५एक्स १आरएनएल आरडब्लु मोडेल उपलब्ध छन्। यी मोडेलहरूमा क्रमशः ३६५ लिटर कुल क्षमता तथा ३४५ लिटर प्रयोगयोग्य क्षमता र ३१५ लिटर कुल क्षमता तथा २९५ लिटर प्रयोगयोग्य क्षमता उपलब्ध रहनुका साथै पर्याप्त भण्डारण क्षमताका कारण विभिन्न व्यवसायिक आवश्यकताअनुसार उत्पादनहरूलाई व्यवस्थित रूपमा राख्न सहज हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
यस भिसि कुलरमा समावेश गरिएको लो इमेसिभिटी ग्लास प्रविधिले बाहिरी तापक्रमको प्रभाव कम गर्दै भित्रको शीतल वातावरणलाई लामो समयसम्म कायम राख्न मद्दत पुर्याउँछ। यसले स्थिर तापक्रम कायम गर्नुका साथै ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सहयोग पुर्याउँछ। त्यसैगरी, यसमा रहेको लारज इभापोसेटर फेनले कुलरभित्र चिसो हावालाई समान रूपमा प्रवाह गरी प्रत्येक भागमा एकरूप शीतलन सुनिश्चित गर्दछ। समान तापक्रम वितरणले उत्पादनको ताजापन तथा गुणस्तरलाई लामो समयसम्म सुरक्षित राख्न मद्दत पुर्याउने अपेक्षा गरिएको कम्पनीले बताएको छ।
उत्पादनको दृश्य प्रदर्शनलाई थप प्रभावकारी बनाउन यसमा एन्टी-कन्डेन्सेसन सिस्टम समावेश गरिएको छ, जसले काँचको सतहमा बाफ वा पानी जम्न नदिई उत्पादनहरूलाई स्पष्ट रूपमा देख्न सहयोग गर्नुका साथै भित्री भागमा रहेको एलइडि लुमिनेटेड इन्टेरियर ले न्यून ऊर्जा खपत गर्दै उत्पादनलाई अझ आकर्षक तथा व्यवस्थित रूपमा प्रस्तुत गर्न मद्दत गर्ने जनाइएको छ।
उच्च तापक्रम भएका वातावरणमा समेत स्थिर कार्यसम्पादन सुनिश्चित गर्न यसमा ट्रपिकलाइज्ड कम्प्रेसर प्रयोग गरिएको छ भने यसले विभिन्न मौसमीय अवस्थाहरूमा पनि भरपर्दो शीतलन क्षमता प्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको बताइएको छ। साथै, एजस्टएबल सेल्फ सुविधाले विभिन्न आकार तथा प्रकारका उत्पादनहरूलाई आवश्यकता अनुसार व्यवस्थित रूपमा राख्न थप सहजता प्रदान गर्दछ।
यसका अतिरिक्त, इनर्जी-अफीसीइन्ट कुलिङ सिस्टमले न्यून ऊर्जा खपतमार्फत प्रभावकारी शीतलन सुनिश्चित गर्नुका साथै यस प्रविधिले व्यवसायिक प्रयोगका क्रममा विद्युत् खर्चलाई नियन्त्रणमा राख्दै दीर्घकालीन तथा भरपर्दो कार्यसम्पादन प्रदान गर्न सहयोग पुर्याउने विश्वास गरिएको कम्पनीले जनाएको छ। ऊर्जा बचत, प्रभावकारी शीतलन क्षमता, आकर्षक डिजाइन तथा आधुनिक सुविधाहरूको संयोजन रहेको गोदरेजको नयाँ भिसि कुलर श्रृंखलाले व्यवसायिक प्रतिष्ठानहरूलाई थप सहज, व्यवस्थित तथा प्रभावकारी सञ्चालन अनुभव प्रदान गर्ने अपेक्षा गरिएको कम्पनीले बताएको छ।
नेपालमा सीजी इलेक्ट्रोनिक्सले गोदरेजका होम अप्लायन्स उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको छ। गोदरेजका भिसि कुलर मात्र नभई रिफ्रेजेटर,चेष्ट फ्रिजर, वासिङ मेसिन,माइक्रोवोएभ वोभन तथा एयर कन्डिसनर लगायतका उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको जनाएको छ।


