• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ असार २०८३, बुधबार
३१ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १० घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १२ घण्टा 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • १ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • १ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • १ दिन 

आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
  • १ दिन 

युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
  • १ दिन 

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३० गते मंगलवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

  • ३. सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

  • ४. ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रम्बी इलेक्ट्रिक कार ?

  • ५. मेची राजमार्ग अवरुद्ध : यात्रु र बिरामी बीच बाटोमै अलपत्र

  • ६. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ७. ‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

  • ८. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ९. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • १०. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन

जानकारी केन्द्र २०८३, जेष्ठ, १६

काठमाडौं । देशका विभिन्न क्षेत्रमा निरन्तर वर्षासँगै आएको बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण प्रमुख राजमार्गहरूमा आवागमन प्रभावित भएको छ। शनिबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात सेवा अवरुद्ध भएको छ भने केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

सबैभन्दा बढी असर कोशी प्रदेशमा देखिएको छ। पाँचथर जिल्लाको याङवरक गाउँपालिकाअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा जेठ ८ गते आएको बाढी र पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। वडा नम्बर ३ को ओयाम बजार र रिजालभिर क्षेत्रमा पहिरो खसेको तथा वडा नम्बर २ को दोभान क्षेत्रमा बाढी आएपछि उक्त सडक खण्डमा यातायात सञ्चालन ठप्प भएको हो।

यस्तै, भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीले क्षति पुर्‍याएपछि अवरुद्ध बनेको सडक वैकल्पिक मार्गमार्फत एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्ती क्षेत्रमा खसेको पहिरोका कारण कोशी राजमार्ग पनि एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेको छ।

बागमती प्रदेशमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत महालक्ष्मी क्षेत्रमा सडक ढलानको काम सुरु गरिएकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्ड करिब एक महिनाका लागि बन्द गरिएको छ। राजधानी प्रवेश गर्ने छोटो दूरीको मार्ग मानिने यो सडक खण्ड ढलान कार्य सम्पन्न नभएसम्म सञ्चालनमा नआउने जनाइएको छ।

त्यसैगरी, काभ्रेपलाञ्चोकस्थित खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै सञ्चालन हुने बीपी राजमार्गमा सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै सवारी साधन सञ्चालन अस्थायी रूपमा रोकिएको छ।

गण्डकी प्रदेशमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ। म्याग्दी हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खण्डका जलथले, तल्लो बैसरी र उपल्लो बैसरी क्षेत्रमा खसेका पहिरो हटाइएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। स्याङ्जाको गल्याङ नगरपालिका–८ कराडीस्थित सिद्धार्थ राजमार्गमा शनिबार बिहान खसेको पहिरोका कारण पनि यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

त्यस्तै, कर्णाली प्रदेशको हुम्ला जिल्लामा सम्भावित पहिरोको जोखिमका कारण नाम्खा गाउँपालिका–२ अन्तर्गतको हिल्सा–सिमिकोट सडक खण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ।

प्रहरी तथा सम्बन्धित निकायहरूले प्रभावित सडकहरूमा यात्रा गर्दा सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

ताजा

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.