राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
काठमाडौं। नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ सिरिजको बैंक नोट चलनचल्तीमा ल्याएको छ। केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार नयाँ नोट असार ३ गतेदेखि औपचारिक रूपमा प्रचलनमा आएको हो। राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार, रङ र आधारभूत स्वरूप हाल प्रचलनमा रहेका ५०० रुपैयाँका नोटजस्तै रहनेछ। तर नोटमा थप सुरक्षा विशेषता तथा केही नयाँ डिजाइन समावेश गरिएको छ, जसले यसको पहिचान र सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नोटको अगाडिको भागमा नेपालको गौरव सगरमाथाको चित्र राखिएको छ भने लालिगुराँसको वाटरमार्क पनि समावेश गरिएको छ। दृष्टिविहीन व्यक्तिले छामेर नोटको मूल्य पहिचान गर्न सक्ने विशेष चिन्हसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ। नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेल को हस्ताक्षर रहेको छ।
त्यस्तै नोटको पछाडिको भागमा नेपालको दुर्लभ वन्यजन्तु पाटेबाघको चित्र समावेश गरिएको छ। राष्ट्र बैंकले नयाँ नोट जारी भए पनि यसअघि प्रचलनमा रहेका ५०० रुपैयाँका सबै नोटहरू कानुनी मुद्राका रूपमा यथावत् चलनचल्तीमा रहने स्पष्ट पारेको छ।केन्द्रीय बैंकले मुद्रा राष्ट्रको सम्पत्ति भएकाले नोटको संरक्षण, सदुपयोग तथा सावधानीपूर्वक प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। नयाँ सिरिजको नोटले नेपाली मुद्राको सुरक्षा र विश्वसनीयता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
चेरी क्यू नेपालमा औपचारिक रूपमा सार्वजनिक
सीजी माइक्रोवेभ ओभनबाट बनाउन सकिन्छ तिहारका यस्ता विशेष परिकारहरु
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
