Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, १०
११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा

काठमाडौं । देशका ११ जिल्लामा बर्डफ्लु सङ्क्रमण फैलिएको छ । पशु सेवा विभागका अनुसार ४ चैत २०८२ मा मोरङबाट सुरु भएको बर्डफ्लु सङ्क्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका ८२ स्थानमा पुष्टि भइसकेको छ ।

सङ्क्रमण नियन्त्रणका लागि हालसम्म सङ्क्रमित क्षेत्रबाट ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएका छन् भने ९ लाख ८९ हजार ३१३ अन्डा र १ लाख ९५ हजार ४८५ किलो दाना पनि सुरक्षित रूपमा नष्ट गरिएको छ । कोशी प्रदेशमा सङ्क्रमण केही नियन्त्रणमा आए पनि काठमाडौं उपत्यकामा जोखिम उच्च रहेको बताइएको छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स