• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • ६ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • ६ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २० घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • २. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ३. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • ५. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ६. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • ७. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ८. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • १०. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

जानकारी केन्द्र २०८३, असार, १२

काठमाडौं । सरकारले सडक सुरक्षा सुधार गर्ने उद्देश्यसहित सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुन संशोधनको तयारी गरेको छ । प्रस्तावित संशोधनमा ट्राफिक नियम उल्लङ्घन गर्ने चालक तथा सवारी प्रयोगकर्तामाथि लाग्ने जरिवाना रकम उल्लेख्य रूपमा बढाउने व्यवस्था समेटिएको छ ।

सडक अनुशासन कायम गर्ने, दुर्घटना घटाउने र चालकलाई थप जिम्मेवार बनाउने लक्ष्यसहित तयार गरिएको मस्यौदामा हाल कायम जरिवाना दरलाई धेरै गुणासम्म वृद्धि गर्ने प्रस्ताव गरिएको हो । तर, यो व्यवस्था तत्काल लागू भएको छैन् । संसद्मा पारित भएर कानुनी रूप लिएपछि मात्र नयाँ जरिवाना प्रणाली कार्यान्वयनमा आउनेछ ।

मापसेदेखि तीव्र गतिसम्म कडा कारबाहीको प्रस्ताव
प्रस्तावित कानुनअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकलाई २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था राखिएको छ । हाल यस्तो कसुरमा ४ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना हुँदै आएको छ ।

त्यस्तै, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने, लेन अनुशासन उल्लङ्घन गर्ने वा एकतर्फी सडकमा विपरीत दिशाबाट प्रवेश गर्ने चालकलाई १० हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।

तोकिएको गति सीमाभन्दा बढी गतिमा सवारी चलाउनेलाई पनि कडा कारबाहीको व्यवस्था प्रस्ताव गरिएको छ । नयाँ मस्यौदामा यस्तो कसुरमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । यसअघि तीव्र गतिका लागि अधिकतम १ हजार रुपैयाँसम्म जरिवाना थियो ।

लाइसेन्स र सवारी प्रयोगमा पनि कडाइ
सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना सवारी चलाउने तथा सवारी दर्तामा उल्लेख भएको प्रयोजनभन्दा फरक काममा प्रयोग गर्ने चालकलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।

दुई पाङ्ग्रे सवारी साधन चलाउँदा हेलमेट नलगाउनेलाई ३ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । हाल यस्तो कसुरमा ४ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना लाग्दै आएको छ ।

कालो सिसा प्रयोगमा १ लाखसम्म जरिवाना
सवारी साधनमा बाहिरबाट भित्र नदेखिने गरी अपारदर्शी सिसा राख्ने वा दृश्य अवरुद्ध गर्ने सामाग्री प्रयोग गर्ने चालकलाई पहिलो पटक नै १ लाख रुपैयाँसम्म जरिवाना गर्ने कडा व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै, सडकमा मालसामान, निर्माण सामाग्री, पशुचौपाया वा अन्य वस्तु राखेर आवागमनमा अवरोध पुर्‍याएमा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।

पैदलयात्री र अन्य कसुरमा पनि नयाँ व्यवस्था
प्रस्तावित कानुनले पैदलयात्रीलाई समेत ट्राफिक अनुशासनभित्र ल्याउने व्यवस्था गरेको छ । जेब्राक्रसिङ वा तोकिएको स्थानबाहेक अन्यत्रबाट सडक पार गर्ने पैदलयात्रीलाई ५ सय रुपैयाँ जरिवाना गर्ने प्रस्ताव छ ।

त्यस्तै, अनुमति नलिई नेपालमा सञ्चालन हुने विदेशी सवारी साधनलाई २५ हजार रुपैयाँसम्म जरिवाना गरिनेछ । असुरक्षित स्थानमा ओभरटेक गर्ने चालकलाई २ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।

गुडिरहेको सवारीबाट सडकमा फोहोर फाल्नेलाई १ हजार रुपैयाँ जरिवाना, मिटरमा जान अस्वीकार गर्ने ट्याक्सी चालकलाई ३ हजार रुपैयाँ जरिवाना तथा अनधिकृत रूपमा अफलाइन राइड सेयरिङ सेवा सञ्चालन गर्ने दुई पाङ्ग्रे सवारीलाई २ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ ।

  • ट्राफिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

ताजा

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.