• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ असार २०८३, बिहीबार
२५ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • ६ घण्टा 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • १० घण्टा 

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
  • ११ घण्टा 

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
  • १२ घण्टा 

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
  • १३ घण्टा 

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
  • १४ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
  • १४ घण्टा 

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचक २६.२९ अंकको गिरावट

  • २. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • ३. ट्राफिक जरिवानावाट एकैदिन एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा, ५ लाख २८ हजार राजश्व संकलन

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. हालान्ड चम्किदा ब्राजिल विश्वकपवाट बाहिर, नर्वे पहिलो पटक क्वाटरफाइनलमा

  • ६. २०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

  • ८. नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

  • ९. पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

  • १०. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

जानकारी केन्द्र २०८३, असार, १७

काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजनाको शिलान्यास गरिएको बताइएको छ । बोटलर्स नेपाल लिमिटेड (बिएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी) को संयुक्त पहलमा सञ्चालन हुन लागेको यस परियोजनाको शिलान्यास कार्यक्रममा सिभिल सर्भिस अस्पताल, कोका–कोला बेभरेजेज नेपाल (सिसिबिएन) तथा सीआईयूडीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा काठमाडौं उपत्यकामा बढ्दो जलसम्बन्धी चुनौती समाधान गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

काठमाडौंमा भू–जलको सतह निरन्तर घट्दै जानुका साथै शहरी क्षेत्रमा डुबानको समस्या बढ्दै गइरहेको अवस्थामा यस परियोजनाले वर्षाको पानी तथा सतहमा बग्ने पानी संकलन गरी जमिनमुनिको जलभण्डार (एक्विफर) पुनर्भरण गर्ने प्रभावकारी प्रणालीको नमुना प्रस्तुत गर्नेछ ।

करिब ४,३४५ वर्गमिटर क्षेत्रफलबाट पानी संकलन गर्ने यस प्रणालीमार्फत वार्षिक करिब ६२ लाख ५० हजार लिटर भू–जल पुनर्भरण हुने अपेक्षा गरिएको जनाइएको छ । यसले स्थानीय स्तरमा हुने डुबानको जोखिम घटाउनुका साथै दिगो शहरी जल व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउनेछ ।

यस अवसरमा सिभिल सर्भिस अस्पतालका उपसचिव अच्युत राज रेग्मीले भने, “कोका–कोला र सिआईयुडीले यस अस्पताल परिसरमा भू–जल पुनर्भरण निर्माणको पहल गरेकोमा हामी अत्यन्त खुसी छौँ । यसबाट अस्पताल वरपरका समुदायले प्रत्यक्ष रूपमा लाभ पाउने छन् । भविष्यमा पनि समाजलाई लाभ पुग्ने यस्ता कार्यक्रमहरू मार्फत उहाँहरूबाट यस्तै सहयोग प्राप्त भइरहोस् भन्ने हाम्रो अपेक्षा रहेको छ ।

बोटलर्स नेपाल लिमिटेड (बिएनएल), कोका–कोला बेभरेजेज नेपाल (सिसिबिएन) र सीआईयूडीबीचको जल स्रोत संरक्षणसम्बन्धी दीर्घकालीन सहकार्यअन्तर्गत यो अर्को महत्वपूर्ण परियोजना हो । यसअघि काठमाडौं महानगरपालिका–३ स्थित रानीबारी, थिमी नगरपालिका अन्तर्गत यूसेप (युसिइपी), ललितपुर महानगरपालिकास्थित राजदल सैनिक ब्यारेक, काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु पार्क तथा हालै काठमाडौं महानगरपालिकाको वडा नं. २२ र २५ मा यस्ता परियोजनाहरू सफलतापूर्वक सञ्चालनमा आइसकेका छन् ।

यी पहलहरूले सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्यमार्फत नेपालको बढ्दो जल चुनौती समाधान गर्न समुदायमैत्री, प्रभावकारी तथा विस्तार गर्न सकिने दिगो समाधान सम्भव हुने उदाहरण प्रस्तुत गरेका छन् ।

सिभिल सर्भिस अस्पतालमा सञ्चालन हुन लागेको कृत्रिम भू–जल पुनर्भरण परियोजना भविष्यमा अस्पताल, विद्यालय, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संस्थाहरूले पनि अपनाउन सक्ने नमुना परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको बताइएको छ । यसले दीर्घकालीन रूपमा भू–जल संरक्षण, शहरी उत्थानशीलता तथा दिगो जल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

कोका–कोला बेभरेजेज नेपालले कोका–कोला, स्प्राइट, फ्यान्टा र किन्ले लगायतका पेय पदार्थमार्फत देशभरका उपभोक्तालाई सेवा प्रदान गर्दै आएको छ । साथै कम्पनीले वाटरएड नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी), स्मार्टपानी र स्प्ल्याससँग सहकार्य गर्दै जल संरक्षण, भू–जल पुनर्भरण तथा समुदायको जीविकोपार्जनमा सुधार ल्याउने एकीकृत जल व्यवस्थापन कार्यक्रम सञ्चालन गरिरहेको छ । यी प्रयासहरूले कोका–कोलालाई ‘वाटर पोजिटिभ’ कम्पनी बन्न सहयोग पुर्याएका छन् ।

द कोका–कोला कम्पनीको विश्वव्यापी फोहोर व्यवस्थापन प्रतिबद्धता अनुसार कोका–कोला बेभरेजेज नेपालले डोको रिसाइकल्र्स र खालिसिसीसँग सहकार्य गर्दै सन् २०३० सम्म आफूले बिक्री गर्ने प्रत्येक बोतल संकलन तथा पुनःप्रयोग (रिसाइकल) गर्ने लक्ष्यमा काम गरिरहेको जनाइएको छ ।

त्यसैगरी ‘सक्षम’ कार्यक्रममार्फत कोका–कोला बेभरेजेज नेपाल र कोका–कोला नेपालले ३,००० भन्दा बढी महिला खुद्रा व्यवसायीलाई वित्तीय साक्षरता, आतिथ्य सेवा, सरसफाइ व्यवस्थापन तथा डिजिटल वालेटको प्रयोगसम्बन्धी तालिम प्रदान गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग गरिरहेका छन् । कोका–कोला बेभरेजेज नेपालले देशभरका समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न स्थानीय सामाजिक पहलहरू पनि निरन्तर सञ्चालन गर्दै आएको बताएको छ ।

सेंटर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी) नेपालमा दिगो, समावेशी तथा नागरिक–केन्द्रित शहरी विकासका लागि कार्यरत एक गैरसरकारी संस्था हो । यस संस्थाले नगरपालिकाहरू, स्थानीय समुदाय तथा विकास साझेदारहरूसँग सहकार्य गर्दै शहरी योजना, जल सुरक्षा, जलवायु उत्थानशीलता, सरसफाइ तथा वातावरण व्यवस्थापनका क्षेत्रमा नवीन र दिगो समाधान कार्यान्वयन गर्दै आउनुका साथै बस्न योग्य, सुरक्षित र उत्थानशील शहर निर्माण गर्ने सरकारको प्रयासलाई पनि सहयोग पुर्याउँदै आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

ताजा

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.