एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ मा रु.४ अर्बभन्दा बढी खुद नाफा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै पहिलोपटक रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको जनाएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको रु. २ अर्ब ८५ करोडको तुलनामा ४०.६ प्रतिशत वृद्धि गर्दै चालु वर्षमा रु.४ अर्ब १ करोड खुद नाफा कमाएको हो। यससँगै बैंकको कुल वितरणयोग्य नाफा रु. १ अर्ब ८७ करोड पुगेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको बैंकले जनाएको छ।
बैंकका अनुसार प्रभावकारी सम्पत्ति तथा दायित्व व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५ प्रतिशतले वृद्धि भई रु.९ अर्ब ४२ करोड पुगेको छ। त्यसैगरी डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ सेवाको विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर रु. २ अर्ब ८३ करोड पुगेको छ। ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा आएको सुधारका कारण खुद ट्रेडिङ आम्दानी पनि ८९ प्रतिशतले वृद्धि भई रु. ६८ करोड १४ लाख पुगेको बैंकले जनाएको छ।
बैंकको वित्तीय सूचकहरूमा पनि उल्लेखनीय सुधार देखिएको छ। पुँजी प्रतिफल ११.५८ प्रतिशत र सम्पत्ति प्रतिफल १.०४ प्रतिशत पुगेको बैंकले जनाएको छ। बैंकका अनुसार वित्तीय व्यवस्थापनमा सुधार, सेवा विस्तार र डिजिटल बैंकिङको बढ्दो प्रयोगले नाफा बढाउन सहयोग गरेको हो।
सम्बन्धित समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

