सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
काठमाडौं । नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले धनगढीमा आयोजित कार्यक्रममा अत्याधुनिक टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक गरेको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सुदूरपश्चिमका सहसंयोजक टेकराज जोशी तथा सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालको उपस्थिति रहेको थियो।
कार्यक्रममा ८ देखि १२ मिटर लम्बाइका डे बस र नाइट बसका बि एस सिक्स च्यासिस प्रदर्शन गरिएको थियो। सिप्रदी ट्रेडिङका प्रबन्धक इन्द्रमणि पोखरेलले बि एस सिक्स प्रविधिले कम प्रदूषण, उत्कृष्ट माइलेज, बढी इन्धन दक्षता, कम मर्मत खर्च तथा आधुनिक सुरक्षा र इन्जिन व्यवस्थापन प्रणाली उपलब्ध गराउने जानकारी दिए।
उनले सिप्रदीले हालसम्म नेपालमा १,००० भन्दा बढी बि एस सिक्स सवारी बिक्री गरिसकेको, स्पेयर पार्ट्स र दक्ष प्राविधिक सेवा देशभर उपलब्ध रहेको तथा चालक प्रशिक्षण कार्यक्रम पनि निरन्तर सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले बि एस सिक्स प्रविधिले सार्वजनिक यातायातलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउने विश्वास व्यक्त गरेका थिए।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
