Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

नवलपरासीमा मोर्चाद्धारा एमालेको झण्डा जलाईयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, १
नवलपरासीमा मोर्चाद्धारा एमालेको झण्डा जलाईयो
रबिन्द्र यादव / नवलपरासी, १ पुष ।
नवलपरासीमा मोर्चाले बन्दको प्रतिकार गर्दै एमाले पार्टीको झण्डा जलाएका छन् । आजदेखि नेकपा एमालेल पुनः प्रदेश नं. ५ को बन्दको आव्हान गरेपछि नवलपरासीमा मोर्चाले बन्दको विरोध गर्दै एमाले पार्टीका झण्डा जलाएका हुन् ।
सरकारले मधेशका जिल्लालार्ई मात्र केन्द्रित गरि प्रदेश नंं ५को सिमाकङ्ग गर्ने प्रस्ताव सहित संविधान संसोधन प्रस्ताव दर्ता गराएपछि आन्दोलनमा उत्रिएका एमाले पार्टीलाई संयुक्त लोकतान्त्तिक मधेशी मोर्चाले विरोध जनाउदै आज जिल्लाको सदरमुकाम परासीमा एमालेको झण्डा जलाई विरोध गरेको मोर्चाका संयोजक मुकुरजी गिरीले बताए ।
एमालेद्धारा आव्हान बन्दलाई मोर्चाले प्रतिकार गर्दै मोर्चाका कार्यकर्ता आज परासी आसपासका क्षेत्रको बन्दलाई खुलाउदै हिडेका थिए । सरकारले हाल ल्याएको प्रदेश नं. ५ को संघियताका खाका कुनैपनि हालतमा फेरिनु हुदैन भनी माग गर्दै मोर्चाले सरकारलाई समर्थन जनाएका थिए । हिजो साँझदेखि बन्दको आव्हान गर्न एमालेका कार्यकर्ताद्धारा परासीमा निकालिएको ¥यलालीलाई मोर्चाका कार्यकर्ताहरुले भाड्न खोज्दा दुबै पक्षबिच झडप समेत भएको थियो । दुई पक्षबिच भएको झडपलाई प्रहरीले लाठी चार्ज गरि नियन्त्रणमा लिएको थियो ।
Top Changing Nepal

युट्युब सट्स