डीपी खाताको विवरण अब अनलाइनमा हेर्न पाइने
सेयर लगानीकर्ताले अब आफ्नो डिपी खाताको विवरण अनलाइनमा हेर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको माघ २७ गते बसेको बैठकले सिडिएस एन्ड क्लियरिङ लिमिटेडको धितोपत्र केन्द्रिय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली २०७३ र धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट (दोस्रो संशोधन) विनियमावली २०७३ पारित गरि उक्त व्यवस्था गरेको हो । जसअनुसार, अब आफ्नो डीपी खातामा कुन कुन कम्पनीको सेयर छ भनेर लगानीकर्ता आफैंले अनलाइनमा हेर्न सक्नेछन् ।
साथमा बोर्डले समयमा राफसाफ नगर्दा या गलत कागजात पेश गर्दा राफसाफ सदस्यले सात कार्यदिन काम गर्न नपाउने ब्यवस्था संशोधन गरि तीन दिनमा झारेको छ । संशोधन मार्फत कुनै कम्पनी वा रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधी, निक्षेप सदस्य वा दलालले गलत बिवरण टिपाए वा कारोबारमै गल्ती गरे पनि सच्याउने ब्यवस्था मिलाएको बोर्डले जनाएको छ । यसबाट सेयर राफसाफ एवं फर्छ्यौट सम्बन्धी प्रकृया थप सहज र छोटो हुने विश्वास बोर्डले लिएको छ ।
साभार bankingkhabar.com
सम्बन्धित समाचार
सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

