बैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय
जानकारी केन्द्र
२०७३, फाल्गुन, ९
काठमाडौं, ९ फागुण।
सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ। वैशाख ३१ गते आईतबार एकै चरणमा स्थानीय तहको निर्वाचन हुने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए।
चुनाव घोषणाको तयारीका क्रममा सोमबार मन्त्रिपरिषद् बैठक तीन पटक बसेको थियो । विहान बसेको पहिलो बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गर्दै स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदललाई एक हप्ताको समय दिएको छ।
त्यस्तै सरकारले स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगलाई १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रुपैयाँ चुनाव खर्च तत्काल निकासा गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। सोमबार साँझ मन्त्रिपरिषद्को तेस्रो बैठक बस्नु अघि निर्वाचन आयोगका पदाधिकारीसँगको परामर्शपछि सरकारले स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवका अनुसार उनीहरुले सरकारलाई वैशाख ३१ कै मिति सिफारिश गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैशाख ३१ गते स्थानीय निकायको चुनाव गराउने गरी निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

