• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, कार्तिक २७, २०८२
बुधबार, कार्तिक २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन

पुँजी बजार दोहोरो अंकले घट्यो

गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना

एक्सपेङको फ्लाइङ कार ‘ल्यान्ड एअर क्राफ्ट क्यारीअर’ : मध्यपूर्वमा ६०० अर्डर सहित नयाँ विश्व कीर्तिमान

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

नयाँ मतदाता दुई लाख नाघे, मंगलबार मात्रै २३ हजार थप

सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ४. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

  • ५. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ७. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • १०. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

कम्पनी खारेज गर्न चहनु हुन्छ , नगुमाउनु होस माैका

दर्ता गरेको कम्पनी खारेज गर्दा मोटो रकम तिर्नुपर्ने चिन्तामा हुनुहुन्छ भने अब चिन्ता नलिनुस् तपाईको समस्या सम्बोधन हुदैछ । तपाई जस्तै झन्डै ७० हजार कम्पनीलाई सुविधा हुने गरी सरकारले कम्पनी खारेज गर्न चाहनेका लागि विशेष ‘स्किम अफर’ ल्याउन लागेको छ ।

कम्पनी खारेज गर्दा ढाडे सेकिने गरी तिर्नुपर्ने जरिवाना शुल्कलाई सरकारले व्यापक कटौती गर्न लागेको छ । रहरै रहरमा कम्पनी दर्ता गर्ने व्यक्तिलाई यो नियमले खुसी बनाउनेछ ।

सरकारको विशेष ‘स्किम अफर’ अन्र्तगत चुक्ता पुजीको ०.५ प्रतिशतमात्र शुल्क तिरेर कम्पनी खारेज गर्न सकिने व्यवस्था गर्न लागेको हो । वा, उसले तिर्नुपर्ने जरिवाना चुक्ता पुजीको १ प्रतिशतभन्दा कम छ भने जरिवाना मात्र तिरे पुग्नेछ । यो स्किम अफर २ वर्षको लागि मात्र हुनेछ ।

अहिलेसम्म धेरै काम अनलाइनबाट हुने भए पनि हस्ताक्षर गर्न आफै उपस्थित हुनुपर्ने बाध्यता थियो । त्यो बाध्यता पनि नयाँ ऐनले हटाउने छ । नयाँ ऐन लागु भएपछि विद्युतीय हस्ताक्षरबाट पनि कारोबार गर्न सकिने छ ।

सरकारले कम्पनी ऐन २०६३ को पहिलो संशोधन गर्दै धेरै उद्योग व्यवसायीको मागलाई सम्बोधन गर्न लागेको हो । कम्पनी ऐन २०६३ को पहिलो संशोधन गर्न बनेको विधेयक २०७३ लाई छिट्टै नै व्यवस्थापिका संसदमा पेश गर्न लागिएको छ । गत सोमबार बसेको व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले विधेयकलाई आगामी संसदमा पेश गर्ने निर्णय गरिसकेको छ ।

कम्पनी खारेज गर्न चाहने तर धेरै शुल्क तिर्नुपर्ने डरमा रहेका हजारौंलाई ध्यानमा राखेर कम्पनी ऐनलाई संशोधन गर्दै नयाँ नियम बनाउन लागिएको कम्पनी रजिष्ट्रार कार्यलयका रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले बताए । अहिले त्यसरी कम्पनी खारेज गर्न चाहनेको संख्या झन्डै ७० हजारको हाराहारीमा रहेको अनुमान गरिएको थियो । यो सुविधाबाट कम्पनी खारेज गर्न चाहनेले संसदले संशोधित कम्पनी ऐन पारित गरेको दुई वर्षभित्र गर्नुपर्ने छ ।

ठूलो संख्यामा कम्पनी खारेजी गर्न चाहे पनि विद्यमान ऐनमा भएको व्यवस्थाले गर्दा व्यवसायीले आफ्नो कम्पनी खारेज गर्न नसकेको कार्यलयको बुझाइ छ ।

विद्यमान ऐन अनुसार कुनै कम्पनी खारेज गर्न लाख देखी करोडौंसम्म तिर्नुपर्ने व्यवस्था छ ।

जसले गर्दा सानो व्यवसाय गर्न खोलेको कम्पनीका लागि ठूलो समस्या हो । विदेश जान लागेका, कम्पनी बन्द गर्न चाहनेका लागि विद्यमान ऐन पर्खाल बनेर बसेको थियो ।

कम्पनी दर्ता गरेर पनि बिभिन्न कारणले कम्पनी नचल्न सक्छ । तर, कम्पनी दर्ता गरेपछि त्यसको यथार्थ जानकारी कार्यलयमा गराउनु पर्छ अथवा कम्पनी खरेजी गरेर कानुनी प्रकृया पुरा गरेको हुनुपर्छ । यदि कसैले कम्पनी दर्ता गरेको छ तर त्यसको यथार्थ जानकारी कम्पनी कार्यलयलाई गराएको छैन, वा कम्पनी खारेज पनि गरेका छैन भने उसले राज्यबाट पाउने सेवा सुविधा, चुनावमा उमेद्वारी दिन पाउने अधिकारबाट बच्चितसम्म बन्न सक्छन् ।

त्यसैगरी, अब कुनै पनि कम्पनी सम्बन्धी काम गर्न फाइल बाकेर कार्यलय धाउनुपर्ने छैन् । नयाँ बनाउन लागिएको नियम अनुसार कम्पनी दर्ता देखि सबैकाम अनलाइनबाट हुनेछ ।

अहिलेसम्म धेरै काम अनलाइनबाट हुने भए पनि हस्ताक्षर गर्न आफै उपस्थित हुनुपर्ने बाध्यता थियो । त्यो बाध्यता पनि नयाँ ऐनले हटाउने छ । नयाँ ऐन लागु भएपछि विद्युतीय हस्ताक्षरबाट पनि कारोबार गर्न सकिने छ ।

त्यसैगरी, नयाँ बन्न लागेको ऐनको दफा ६८ मा कुनै पनि कम्पनी संचालकहरू साधारण सभामा अनिवार्य उपस्थिती हुनुपर्ने छैन । आफै उपस्थिती हुन नसकेमा भिडियो कम्फेरेन्सबाट आफ्नो उपस्थिती जनाउने सक्ने छन् ।

अब कुनै पनि कम्पनीले एक आर्थिक वर्षभरीमा एक लाखसम्म चन्दा, अनुदान वा दान दिन पाउनेछन् । यस अघिको नियममा यो रकम जम्मा ५० हजार मात्र थियो ।

ऐनमा थप व्यवस्था गर्दै कुनै पनि मुनाफा वितरण नगर्ने कम्पनीहरू पनि एक आपसमा गाभिएर कारोबार गर्न पाउनेछन्

aarthiknews.com बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन
    पुँजी बजार दोहोरो अंकले घट्यो
    सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन

    पुँजी बजार दोहोरो अंकले घट्यो

    गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन
    • पुँजी बजार दोहोरो अंकले घट्यो
    • गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना
    • एक्सपेङको फ्लाइङ कार ‘ल्यान्ड एअर क्राफ्ट क्यारीअर’ : मध्यपूर्वमा ६०० अर्डर सहित नयाँ विश्व कीर्तिमान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.