युवालाई पशुपालनतर्फ आकर्षित गर्न दुई करोड ४१ लाख अनुदान
जानकारी केन्द्र
२०७४, बैशाख, ५
पोखरा। जिल्ला पशुसेवा कार्यालयले युवालार्ई पशुपालनतर्फ आकर्षित गर्न चालु आवमा रु दुई करोड ४१ लाख २१ हजार अनुदानको व्यवस्था गरेको छ ।
स्थानीय भैँसी स्रोत केन्द्र काहुँ देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई रु ४२ लाख ७५ हजार र युवा लक्षित कार्यक्रमअन्तर्गत हेम्जा गाई फार्मलाई रु तीन लाख ७५ हजार दिन लागेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै बङ्गुर व्यवसाय प्रवद्र्धन गर्ने एकजनालाई रु चार लाख, विगलेटका पाँच फार्मलाई रु दुई÷दुई लाख, मासुका लागि बङ्गुर पाल्ने चारवटा फार्मलाई रु एक÷एक लाख, मासुका लागि भैँसीका पाडा पाल्ने तीन फार्मलाई रु दुई÷दुई लाख र नश्ल सुधारका लागि बोका पाल्ने ३० कृषकलाई रु १५÷१५ हजारका दरले अनुदान दिइने छ ।
साना गाईंभैसी पालन गर्न सातवटा फार्मलाई रु एक लाख ७० हजार÷एक लाख ७० हजार, व्यावसायिक पशु सुधार कार्यक्रमअन्तर्गत २५ वटा गोठ सुधारका लागि रु १०÷१० हजार तथा घाँस काट्ने उपकरण खरिद, बर्खे घाँस उत्पादन, घाँस विकासजस्ता कार्यक्रममा पनि अनुदानको व्यवस्था गरिएको छ ।
किसानलाई दिइने अनुदानमध्ये ७० प्रतिशत भुक्तानी भइसकेको र बाँकी काम सम्पन्न भई बिल भर्पाइ आएपछि भुक्तानी दिने प्राविधिक श्रेष्ठले बताउनुभयो ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
लालबकैयाको बाढीले हुलाकी राजमार्ग जलमग्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

