तपाइलाइ थाहा छ ? चाहिएको ठाँउमै तुरून्त ट्याक्सि बोलाउने तरिका
जानकारी केन्द्र
२०७४, असार, ३०
कहिले काहिं सानो कुराको जानकरीको कमिले हामि ठुलो समस्या भोगिरहेका हुन्छाैं । प्रबिधिको प्रयोगले एकातिर हाम्राे दैनिक जिवन सहज त बन्दैछ तर प्रयोग गर्ने तरिका थाहा नहुदा झनै समस्या पर्न सक्छ । यस्तै हामिलाइ समस्या पर्ने एउटा कारण हो अाफुले खोजेको ठाँउमा खोजिएकै समयमा ट्याक्सि नपाउनु यहि कुरालाइ मध्यनजर गरेर ट्याक्सि खाेजेकै समय र ठाउमा पाउन सक्ने प्रबिधिको प्रयोग हाम्रै नेपालमा पनि गरिएको छ । जुन तरिका प्रयोग गर्न सके अनावश्यक झन्झट बाट मुत्त भइन्छ र दैनिक जिवन सहज पनि हुन्छ । केहि ट्याक्सि सहज रूपमा उपलब्ध गराउने माध्यम यि हुन ।
अन्भर स्मार्ट ट्याक्सी ONVER SMART TAXI यहिं किल्क गरेर प्रयोग गर्न सकिने Click Here
( संपर्क नम्बर 01-4111-812, 01-4111905, Toll Free: 1660-01-00015 )
अन्भर स्मार्ट ट्याक्सीले अनलाइन स्मार्ट एप मार्फत आफ्नै मोबाइलबाटै ट्याक्सि बुकिङ गर्न सकिने व्यवश्था गरेको छ । जसमा सेवा दिने ट्याक्सीहरुलाई जीपीएस ट्रयाकिङ गरिएको हुन्छ । चालकले सेवा दिइरहेको समयमा एप अन राख्नु पर्ने हुन्छ र यात्रुले अनुरोध गरेपछि नक्साको आधारमा यात्रु भएको स्थानमा पुग्छन । यो एप डाउनलोड गरेपछि यसमा यात्रुले पहिलो पटक मोबाइल नम्बर, इमेल र पासवर्ड राखेर रजिष्टर गर्नुपर्छ । त्यसपछि आफूलाई ट्याक्सी चाहिएको बेलामा आफ्नो स्मार्टफोनबाट एप खोल्न सकिन्छ ।एप खोल्नासाथ आफु भएको ठाउँ देखाउँछ । र, ट्याक्सीमार्फत आफू पुग्ने ठाउँमा क्लिक गर्नुपर्छ । आफू जाने ठाउँ अक्षरमा टाइप गर्ने सुविधा पनि छ । त्यसपछि अन्भर एपले त्यो ठाउँमा पुग्ने सबैभन्दा छोटो रुट जानकारी दिन्छ । त्यसपछि सँगै देखिने ‘फाइण्ड ट्याक्सी’ अप्सनमा क्लिक गर्नुपर्छ । यसमा क्लिक गरेपछि आफु भएको ठाउँ वरपर अन्भरको सेवा दिने गरी दर्ता भएका ट्याक्सी देखाउँछ । ट्याक्सी आफू बसेको ठाउँबाट कति टाडा छ भन्ने पनि एपले देखाउँछ । सबैभन्दा नजिक देखिएको ट्याक्सीलाई सेवाका लागि अनुरोध गर्न सकिन्छ । आफ्ना केही कुरा भए ट्याक्सी चालकलाई एपमार्फत नै म्यासेज गर्न सकिन्छ । ट्याक्सीले यात्रुको ‘रिक्वेष्ट’ स्वीकारेपछि सेवा लिनका लागि तयार बन्न सक्छन् । यस्ता ट्याक्सीले मिटर अनुसार भाडा लिने र भाडामा बार्गेनिङ्ग नगरिने बताइएको छ
एडि क्याब eddy cab यहिं किल्क गरेर प्रयोग गर्न सकिने Click Here स्मार्ट फाेनको लागि , अाइ फोनको लागि click here
( संपर्क नम्बर Phone: +977 1 4414241 Toll Free: 1660-01-77711 )
एडि क्याबले एप मार्फत आफ्नै मोबाइलबाटै ट्याक्सि बुकिङ गर्न सकिने व्यवश्था गरेको छ । यो एप्लिकेशन लाइ डाउनलोड गरेर चाडैं नै उपलब्ध सवारीचालकहरु द्वारा आफ्नो रुट चयन गर्न सकिनेछ र ट्याक्सी अनुरोध गर्न सकिन्छ । केही सेकेन्डमा नै तपाईंले आफ्नो समर्पित सवारीको व्यवस्था गर्न सक्नु हुनेछ र त्यसपछि ट्याक्सी तपाईंलाइ लिन आइपुग्छ। यसले स्वतः तपाईंको हालको स्थान पत्ता लगाउँछ र तपाईंलाइ सन्तुष्टिका साथ गन्तब्यमा पुर्याउँछ। यसको प्रयोग बाट सस्तोर सुलभ यात्रा गर्न सहज हुनुका साथै सजिलै ट्रयाक गर्न मिल्ने हुनाले झन्झट पनि हुदैन । यो सुबिधा २४ घण्टा ७ दिनै उपलब्ध हुने बताइएको छ । यस्तो सुबिधा दिन चाहने सवारी साधनले एडि क्याबमा दर्ता हुनु पर्छ ।
खै ट्याक्सि Khai Taxi यहिं किल्क गरेर प्रयोग गर्न सकिने Click Here
( संपर्क नम्बर 9843636871)
ट्याक्सि प्रयोगकर्ताले नजिकका स्थानहरूमा ट्याक्सी सम्पर्क गर्ने एउटा सुविधा खै ट्याक्सि एप्पलिकेशन हो ।
यसको प्रयोग ले ट्याक्सी सम्पर्क गर्न सहज हुने बताइएको छ ।
नेपा क्याव nepa cab यहिं किल्क गरेर प्रयोग गर्न सकिने Click Here स्मार्ट फाेनको लागि , अाइ फोनको लागि click here
( संपर्क नम्बर 9807497232 र 9803173208 )
ट्याक्सि प्रयोगकर्ताले नजिकका स्थानहरूमा ट्याक्सी सम्पर्क गर्ने एउटा सुविधा nepa cab एप्पलिकेशन हो । यस्तै अरू पनि ट्याक्सि सेवा उपलब्ध गराउने माध्यम नेपालमा संचालित छन ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

