तपाइलाइ थाहा छ ? चाहिएको ठाँउमै तुरून्त ट्याक्सि बोलाउने तरिका
कहिले काहिं सानो कुराको जानकरीको कमिले हामि ठुलो समस्या भोगिरहेका हुन्छाैं । प्रबिधिको प्रयोगले एकातिर हाम्राे दैनिक जिवन सहज त बन्दैछ तर प्रयोग गर्ने तरिका थाहा नहुदा झनै समस्या पर्न सक्छ । यस्तै हामिलाइ समस्या पर्ने एउटा कारण हो अाफुले खोजेको ठाँउमा खोजिएकै समयमा ट्याक्सि नपाउनु यहि कुरालाइ मध्यनजर गरेर ट्याक्सि खाेजेकै समय र ठाउमा पाउन सक्ने प्रबिधिको प्रयोग हाम्रै नेपालमा पनि गरिएको छ । जुन तरिका प्रयोग गर्न सके अनावश्यक झन्झट बाट मुत्त भइन्छ र दैनिक जिवन सहज पनि हुन्छ । केहि ट्याक्सि सहज रूपमा उपलब्ध गराउने माध्यम यि हुन ।
अन्भर स्मार्ट ट्याक्सीले अनलाइन स्मार्ट एप मार्फत आफ्नै मोबाइलबाटै ट्याक्सि बुकिङ गर्न सकिने व्यवश्था गरेको छ । जसमा सेवा दिने ट्याक्सीहरुलाई जीपीएस ट्रयाकिङ गरिएको हुन्छ । चालकले सेवा दिइरहेको समयमा एप अन राख्नु पर्ने हुन्छ र यात्रुले अनुरोध गरेपछि नक्साको आधारमा यात्रु भएको स्थानमा पुग्छन । यो एप डाउनलोड गरेपछि यसमा यात्रुले पहिलो पटक मोबाइल नम्बर, इमेल र पासवर्ड राखेर रजिष्टर गर्नुपर्छ । त्यसपछि आफूलाई ट्याक्सी चाहिएको बेलामा आफ्नो स्मार्टफोनबाट एप खोल्न सकिन्छ ।एप खोल्नासाथ आफु भएको ठाउँ देखाउँछ । र, ट्याक्सीमार्फत आफू पुग्ने ठाउँमा क्लिक गर्नुपर्छ । आफू जाने ठाउँ अक्षरमा टाइप गर्ने सुविधा पनि छ । त्यसपछि अन्भर एपले त्यो ठाउँमा पुग्ने सबैभन्दा छोटो रुट जानकारी दिन्छ । त्यसपछि सँगै देखिने ‘फाइण्ड ट्याक्सी’ अप्सनमा क्लिक गर्नुपर्छ । यसमा क्लिक गरेपछि आफु भएको ठाउँ वरपर अन्भरको सेवा दिने गरी दर्ता भएका ट्याक्सी देखाउँछ । ट्याक्सी आफू बसेको ठाउँबाट कति टाडा छ भन्ने पनि एपले देखाउँछ । सबैभन्दा नजिक देखिएको ट्याक्सीलाई सेवाका लागि अनुरोध गर्न सकिन्छ । आफ्ना केही कुरा भए ट्याक्सी चालकलाई एपमार्फत नै म्यासेज गर्न सकिन्छ । ट्याक्सीले यात्रुको ‘रिक्वेष्ट’ स्वीकारेपछि सेवा लिनका लागि तयार बन्न सक्छन् । यस्ता ट्याक्सीले मिटर अनुसार भाडा लिने र भाडामा बार्गेनिङ्ग नगरिने बताइएको छ
एडि क्याबले एप मार्फत आफ्नै मोबाइलबाटै ट्याक्सि बुकिङ गर्न सकिने व्यवश्था गरेको छ । यो एप्लिकेशन लाइ डाउनलोड गरेर चाडैं नै उपलब्ध सवारीचालकहरु द्वारा आफ्नो रुट चयन गर्न सकिनेछ र ट्याक्सी अनुरोध गर्न सकिन्छ । केही सेकेन्डमा नै तपाईंले आफ्नो समर्पित सवारीको व्यवस्था गर्न सक्नु हुनेछ र त्यसपछि ट्याक्सी तपाईंलाइ लिन आइपुग्छ। यसले स्वतः तपाईंको हालको स्थान पत्ता लगाउँछ र तपाईंलाइ सन्तुष्टिका साथ गन्तब्यमा पुर्याउँछ। यसको प्रयोग बाट सस्तोर सुलभ यात्रा गर्न सहज हुनुका साथै सजिलै ट्रयाक गर्न मिल्ने हुनाले झन्झट पनि हुदैन । यो सुबिधा २४ घण्टा ७ दिनै उपलब्ध हुने बताइएको छ । यस्तो सुबिधा दिन चाहने सवारी साधनले एडि क्याबमा दर्ता हुनु पर्छ ।
ट्याक्सि प्रयोगकर्ताले नजिकका स्थानहरूमा ट्याक्सी सम्पर्क गर्ने एउटा सुविधा nepa cab एप्पलिकेशन हो । यस्तै अरू पनि ट्याक्सि सेवा उपलब्ध गराउने माध्यम नेपालमा संचालित छन ।