• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • ६ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • ७ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ७ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • २१ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • २१ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • २२ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • २. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ३. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ४. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ६. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ७. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • ८. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

  • ९. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

बाढीका कारण ५ लाखको संख्यामा सर्वसाधारण खाद्य असुरक्षामा

admin २०७४, भाद्र, २६

काठमाडौं । प्राकृतिक प्रकोपका कारण ५ लाख नेपाली खाद्य असुरक्षामा परेको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले जनाएको छ । निरन्तरको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण खाद्य सुरक्षामा संकट भोगिरहेकामध्ये ३ लाख नागरिक सबैभन्दा बढी प्रभावित बनेको डब्लूएफपीको तथ्यांक छ ।

प्राकृतिक विपत्ति लगतैदेखि प्रभावित क्षेत्रमा सक्रिय नेपालस्थित डब्लूएफपीको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार मुलुकभर प्रभावितको संख्या १७ लाखभन्दा बढी छ । “घरबार बगाएका व्यक्ति, जो पहिलेनै अत्यन्त गरिब थिए, अव्यवस्थित अस्थायी आश्रयमा बसिरहेका छन् र आधारभूत आवश्यकताका पूरा गर्न संघर्ष गरिरहेका छन् ।

सञ्चित खाद्यान्न गुमाएका परिवारसँग सामान्य अवस्थामा फर्कने आधार छैन,” डब्लूएफपी प्रतिनिधि तथा देशीय निर्देशक पिप्पा ब्राडफोर्डको भनाइ उदृत गर्दै डब्लूएपीले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “अति प्रभावित अनि गरिब परिवारका लागि कम्तीमा खानका लागि पर्याप्त होस् भनेर खाद्यान्न उपलब्ध गराउने काममा विश्व खाद्य कार्यक्रम अहोरात्र लागिरहेको छ ।” प्रभावितमध्ये पनि ४ लाख ६१ हजार घरबाट विस्थापित भएको डब्लूएफपीको तथ्यांक छ ।

तराई क्षेत्रको ८० प्रतिशत भूभाग डुबानमा पर्दा घरमा राखिएको अन्नदेखि बारीको तरकारी तथा अन्यबाली नष्ट भएका छन् । “नेपालको अन्न भण्डारका रूपमा रहेको यस क्षेत्रमा बाढीका कारण धान तथा गहँुको उत्पादनमा असर पार्ने अनुमान गरिएको छ, जसका कारण आगामी महिनामा खाद्यान्न अभाव हुन सक्छ,” डब्लूएफपीले भनेको छ, “यस क्षेत्रमा कुपोषणको दर पहिलेदेखिनै उच्च रहेको छ, जहाँ ६ देखि ५९ महिनाका बालबालिकामध्ये १४ प्रतिशत गम्भीर रूपमा कुपोषित छन् ।” गर्भवती तथा सुत्केरी महिलासँगै, विशेषगरि यी बालबालिका विपद्पछिको खाद्य असुरक्षा तथा जल–उत्पन्न रोगको जोखिममा रहेको जनाइएको छ ।

डब्लूएफपीले सप्तरी, रौतहट, बाँके र बर्दियाका मानिसका लागि दुई साताका लागि पुग्ने चामल र दाल वितरण गर्न सुरु गरेको जाएको छ । स्थानीय तहसँगको समन्वयमा स्थानीय बजार पुनःस्थापन भइसकेका क्षेत्रमा रहेका रौतहट जिल्लाका थप ४० हजार विस्थापितलाई खाद्यान्न खरिदका लागि नगद वितरण गरिने जनाइएको छ ।

कुपोषण हुनबाट बचाउन नेपाल सरकार तथा अन्य साझेदार संस्थाहरूसँगको सहयोगमा डब्लूएफपीले तराईका बाढी प्रभावित १३ जिल्लाका १९ हजार ५ सय गर्भवती तथा सुत्केरी महिलाहरू र ६ देखि २३ महिनासम्मका २७ हजार ७०० बालबालिकाका लागि २ सय टन प्रशोधित खाद्यान्न वितरण गर्ने तयारी गरिरहेको छ ।

-न्यूज एग्रोबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.