• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ०४, २०८२
सोमबार, कार्तिक ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

तिहारमा कस्तो रहला देशभरको मौसम ?

थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

२०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ४. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

  • ७. २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

  • १०. पेट्रोलको मूल्य घट्यो, अब कुन ठाउँमा कति मुल्य ?

आउँदो चुनावमा देश हाँक्ने ‘लाइसेन्स’ युवालाई

गायत्री भट्ट |

आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदै गर्दा उम्मेदवारहरूको चर्चा पनि व्यापक छ । गठबन्धनको चर्चा पनि छँदैछ । प्रायः गठबन्धन आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गरिन्छन् र अहिले पनि राजनीतिक स्वार्थकै लागि त्यसो भए झैं देखिन्छ । त्यसो हुँदाहुँदै पनि राम्रो नेतृत्व क्षमताका व्यक्तित्वले मौका पाऊन् भन्ने आम सर्वसाधारणको चासो हो, जो खराब नेतृत्वको बारम्बार सिकार भएका छन् ।

एक दशक होइन, चार दशकसम्म एउटै व्यक्तिले जुनसुकै पार्टीमा हालीमुहाली गर्ने संस्कार भएका पार्टी छन् हाम्रोमा । त्यसो हुँदा परम्परागत नेतृत्व कायम रहेसम्म युवा वर्गले मौका नपाउने अवस्था छ । युवा सत्तामा आए हामीलाई गरिखान दिँदैनन् भन्ने मानसिकताले ‘बूढो पुस्ता’ ग्रस्त छ । यसो हुँदा देशको विकास त अवरुद्ध त हुन्छ नै, नयाँ विचार पनि उम्रिँदै मर्ने अवस्था अझै छ । सोही कारण व्यवसायी र जग्गाका कारोबारीहरूले पैसा खन्याउँदै पार्टीमा स्थापित हुने र सांसद हुने प्रवृत्ति बढ्दो छ ।

कस्तो नेतृत्व ?

कस्तो नेतृत्वलाई देश सुम्पिने भन्ने विषय राजनीतिक दलकै हो । तर देशमा युवा जनसंख्या धेरै भएको अवस्थामा तिनले जसलाई रोजे वा मतदान गरे, त्यसैले नै देश सम्हाल्ने हो । उनीहरू नै देश विकासका निर्णायक हुन् । उनीहरूको मत निर्णायक त हुने नै छ, सक्रियता, सरोकार र हस्तक्षेप पनि उत्तिकै अपेक्षित छ आजको मैलो राजनीति सपार्न ।

हजुरबा-हजुरआमाका अनुभवहरू सँगाल्दै आजको युगसुहाउँदो नेतृत्व छान्ने विषयमा युवा अघि बढ्नुपर्छ । ‘बाले यो पार्टीमा भोट हाल्नू भन्नुभयो’ र ‘काकीले यो चिन्हमा भोट हाल्नू भन्नुभयो’ भनेर त्यसकै पछाडि लाग्ने होइन । आजको समयको पदचाप बुझ्ने, देशको मुहार बदल्न सक्षम व्यक्ति वा पार्टीलाई नै राजनीतिको लगाम सुम्पने कुरामा युवा जागरुक हुनुपर्छ ।

ब्युँझौं

तर युवावर्गको राजनीतिप्रतिको झुकाव अत्यन्त कम छ । उनीहरू विदेशी भाषा पढ्न र बोल्न सक्छन् । इन्टरनेटमा झुम्मिन सक्छन्, तर देशको मूल नीतिका विषयमा अनभिज्ञ छन् । राजनीति सुध्रे देश बदलिन्छन् भन्ने विषयमा युवा सचेत छैन । युवा पुस्ता अलिकति साक्षर र शिक्षित हुनेबित्तिकै विदेश ताक्छन् । पलायनमा गर्व गर्ने संस्कार छ ।

केही सरकारी क्याम्पसमा स्ववियुमार्फत राजनीतिक गतिविधि हुने गरेकाले त्यस्ता क्याम्पसमा पढेका विद्यार्थीमा मात्र केही राजनीतिक चेत छ तर ती पनि प्रायः दलका अन्धभक्त छन् । अर्को एउटा वर्ग छ, जो राजनीतिप्रति चासो त राख्छन्, तर राजनीतिक दलका कारण सिर्जित भद्रगोल र अव्यवस्थाका कारण वाक्क भई कुनै संगठनमा पनि आबद्ध नरही तटस्थ बसेको पनि देखिन्छ । तर पछिल्लो कालखण्डमा युवा र विद्यार्थीकै बाहुल्य भएका केही नयाँ दल पनि जन्मेका छन् ।

अन्धता

आफ्नो दलले जस्तोसुकै अनुचित काम गरे पनि ठीक । आफ्नो दलबाट जस्तोसुकै भ्रष्टाचारी र अपराधी उम्मेदवार भए पनि ठीक भन्ने ठान्छन् कतिपय दलका आसेपासे र कार्यकर्ता । तर यो भेडातन्त्र कहिलेसम्म ? हामी आफ्नै विवेकमा चल्ने दिन कहिले आउने ? आफ्ना संगठनका नेताले जस्तो विचार राख्यो, मैले पनि त्यस्तै विचार राख्ने भन्ने हुन्छ ? अनि राम्रै भए पनि विपक्षी दलका नेताकार्यकर्ताप्रति तिखा र अनुचित टिप्पणी गर्नैपर्छ ? यो प्रवृत्ति राज्य सञ्चालन र समग्रमा विकासकै वाधक हुन् । कम्तीमा पनि अबको युवायुवतीले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ । यस्तो पुरातनवादी र संकीर्ण रोगबाट अब हामी मुक्त हुनुपर्छ र उन्मुक्त भएर आफ्ना विचार राख्नुपर्छ।

नयाँ उभार

उही नारा र उही पाराबाट दिक्क भएर उज्ज्वल थापा, रवीन्द्र मि श्र, रञ्जु दर्शनालगायतका व्यक्तिहरू राजनीतिमा होमिएको हामीले देखेका छौं । उसो त पुरानो राजनीतिमै दीक्षित भए पनि पूर्वप्रधानमन्त्री बाबुराम भटराईले पनि आफूलाई नयाँ शक्ति नाम दिएर दल नै खोलेका छन् । विवेकशील साझाजस्तो दल राजनीतिमा इच्छा भएका तर पुराना विचार र स्वभावका कारण ‘फ्रस्टेट’ आम सर्वसाधारणको विकल्प हुने सम्भावना देखिएको छ ।

पुराना राजनीतिक संगठनभन्दा फरक रूपमा प्रस्तुत भएको यो दलले मौका पाएको खण्डमा केही गर्ने आशा पनि गर्न सकिन्छ । किनभने उनीहरूले प्रस्तुत गरेका कार्यसूची, योजना र ऐक्यबद्धता सामयिक र सराहनीय छन् । व्यवहारमा त्यस्ता अवधारणा लागू गर्न सकिए देशले सकारात्मक परिवर्तन पाउनेमा दुईमत छैन ।

ऊर्जाशील नेतृत्व

युवा देशका मेरुदण्ड हुन् । संसारका सबै परिवर्तनमा युवा र विद्यार्थी नै प्रमुख कारक हुन् । जोस र जाँगर तथा शिक्षा र समयसमेत पर्याप्त भएका युवाले नचाहेमा नहुने नै के छ ? यसर्थ इतिहासको यो गम्भीर क्षणमा युवाले हिजोको त मूल्यांकन त गर्नु नै पर्छ, सँगै नयाँ नेपालको नक्सासमेत कोर्नुपर्छ ।

पार्टीबाट उठेपछि ‘ऐरैगैरे’ जो भए पनि भोट हालिन्छ भन्ने मान्यता त्याग्नुपर्छ आजका युवायुवतीले । बारम्बार एउटै पार्टी र व्यक्ति उठिरहने र युवाको भाग्य र भविष्य खोस्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । नयाँ पार्टीहरूलाई भोट हाल्नै सक्दिनँ भन्ने लाग्छ भने कमसेकम आफ्नोमा ऊर्जावान् र युवापुस्तालाई उम्मेदवार बनाउन कस्सिनुपर्छ ।

‘लाइसेन्स’ युवालाई

सामान्य जागिर खानसमेत एउटा मान्छेले नागरिकतादेखि अनेकौं खालका प्रमाणपत्र पेस गर्नुपर्छ । आफूलाई योग्य प्रमाणित गर्नुपर्छ तर एउटा देश हाँक्ने व्यक्तिले साम, दाम दण्ड, भेद प्रयोग गरेर चुनाव जिते मात्रै हुने ? अब यस्ता हथकण्डा निस्तेज पारिनुपर्छ । हामीले हाम्रा आँखामा लागेको अन्धताको पट्टी हटाउनुपर्छ ।

आफ्नो क्षेत्रमा उठेकामध्ये कुशल नेतृत्व क्षमता, असल आचरण र जनपक्षीय व्यक्तिलाई जिताउन पहल गर्नुपर्छ । उसो त परम्परागत शक्तिसँग शक्ति र सत्ताको सामथ्र्यसमेत भएकाले तिनले युवा र असल नेतृत्वका विरुद्धमा अनेक खालका दुस्प्रचार पनि गर्ने गर्छन् तर तीक्ष्ण युवा नेतृत्वले त्यसलाई परास्त गर्नुपर्छ । रोग लागेपछि औषधि खानुभन्दा रोगै लाग्न नदिनु बुद्धिमानी हुन्छ भनेर हामीले जानका छौं । सोही कुरा मनन गर्दै युवा र उर्वर नेतृत्वलाई देश चलाउने ‘लाइसेन्स’ दिन हामी तयार हुनुपर्छ । – अन्नपूर्ण पोष्टबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै
    काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह
    उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

    तिहारमा कस्तो रहला देशभरको मौसम ?

    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    • तिहारमा कस्तो रहला देशभरको मौसम ?
    • थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार
    • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.