• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
  • ७ घण्टा 

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • ७ घण्टा 

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • ८ घण्टा 

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
  • २३ घण्टा 

एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार
  • २४ घण्टा 

२०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

  • ५. मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

  • ६. रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

  • ७. यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

  • ८. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ९. रास्वपाको आज सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • १०. घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

आउँदो चुनावमा देश हाँक्ने ‘लाइसेन्स’ युवालाई

admin २०७४, कार्तिक, १५

गायत्री भट्ट |

आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदै गर्दा उम्मेदवारहरूको चर्चा पनि व्यापक छ । गठबन्धनको चर्चा पनि छँदैछ । प्रायः गठबन्धन आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गरिन्छन् र अहिले पनि राजनीतिक स्वार्थकै लागि त्यसो भए झैं देखिन्छ । त्यसो हुँदाहुँदै पनि राम्रो नेतृत्व क्षमताका व्यक्तित्वले मौका पाऊन् भन्ने आम सर्वसाधारणको चासो हो, जो खराब नेतृत्वको बारम्बार सिकार भएका छन् ।

एक दशक होइन, चार दशकसम्म एउटै व्यक्तिले जुनसुकै पार्टीमा हालीमुहाली गर्ने संस्कार भएका पार्टी छन् हाम्रोमा । त्यसो हुँदा परम्परागत नेतृत्व कायम रहेसम्म युवा वर्गले मौका नपाउने अवस्था छ । युवा सत्तामा आए हामीलाई गरिखान दिँदैनन् भन्ने मानसिकताले ‘बूढो पुस्ता’ ग्रस्त छ । यसो हुँदा देशको विकास त अवरुद्ध त हुन्छ नै, नयाँ विचार पनि उम्रिँदै मर्ने अवस्था अझै छ । सोही कारण व्यवसायी र जग्गाका कारोबारीहरूले पैसा खन्याउँदै पार्टीमा स्थापित हुने र सांसद हुने प्रवृत्ति बढ्दो छ ।

कस्तो नेतृत्व ?

कस्तो नेतृत्वलाई देश सुम्पिने भन्ने विषय राजनीतिक दलकै हो । तर देशमा युवा जनसंख्या धेरै भएको अवस्थामा तिनले जसलाई रोजे वा मतदान गरे, त्यसैले नै देश सम्हाल्ने हो । उनीहरू नै देश विकासका निर्णायक हुन् । उनीहरूको मत निर्णायक त हुने नै छ, सक्रियता, सरोकार र हस्तक्षेप पनि उत्तिकै अपेक्षित छ आजको मैलो राजनीति सपार्न ।

हजुरबा-हजुरआमाका अनुभवहरू सँगाल्दै आजको युगसुहाउँदो नेतृत्व छान्ने विषयमा युवा अघि बढ्नुपर्छ । ‘बाले यो पार्टीमा भोट हाल्नू भन्नुभयो’ र ‘काकीले यो चिन्हमा भोट हाल्नू भन्नुभयो’ भनेर त्यसकै पछाडि लाग्ने होइन । आजको समयको पदचाप बुझ्ने, देशको मुहार बदल्न सक्षम व्यक्ति वा पार्टीलाई नै राजनीतिको लगाम सुम्पने कुरामा युवा जागरुक हुनुपर्छ ।

ब्युँझौं

तर युवावर्गको राजनीतिप्रतिको झुकाव अत्यन्त कम छ । उनीहरू विदेशी भाषा पढ्न र बोल्न सक्छन् । इन्टरनेटमा झुम्मिन सक्छन्, तर देशको मूल नीतिका विषयमा अनभिज्ञ छन् । राजनीति सुध्रे देश बदलिन्छन् भन्ने विषयमा युवा सचेत छैन । युवा पुस्ता अलिकति साक्षर र शिक्षित हुनेबित्तिकै विदेश ताक्छन् । पलायनमा गर्व गर्ने संस्कार छ ।

केही सरकारी क्याम्पसमा स्ववियुमार्फत राजनीतिक गतिविधि हुने गरेकाले त्यस्ता क्याम्पसमा पढेका विद्यार्थीमा मात्र केही राजनीतिक चेत छ तर ती पनि प्रायः दलका अन्धभक्त छन् । अर्को एउटा वर्ग छ, जो राजनीतिप्रति चासो त राख्छन्, तर राजनीतिक दलका कारण सिर्जित भद्रगोल र अव्यवस्थाका कारण वाक्क भई कुनै संगठनमा पनि आबद्ध नरही तटस्थ बसेको पनि देखिन्छ । तर पछिल्लो कालखण्डमा युवा र विद्यार्थीकै बाहुल्य भएका केही नयाँ दल पनि जन्मेका छन् ।

अन्धता

आफ्नो दलले जस्तोसुकै अनुचित काम गरे पनि ठीक । आफ्नो दलबाट जस्तोसुकै भ्रष्टाचारी र अपराधी उम्मेदवार भए पनि ठीक भन्ने ठान्छन् कतिपय दलका आसेपासे र कार्यकर्ता । तर यो भेडातन्त्र कहिलेसम्म ? हामी आफ्नै विवेकमा चल्ने दिन कहिले आउने ? आफ्ना संगठनका नेताले जस्तो विचार राख्यो, मैले पनि त्यस्तै विचार राख्ने भन्ने हुन्छ ? अनि राम्रै भए पनि विपक्षी दलका नेताकार्यकर्ताप्रति तिखा र अनुचित टिप्पणी गर्नैपर्छ ? यो प्रवृत्ति राज्य सञ्चालन र समग्रमा विकासकै वाधक हुन् । कम्तीमा पनि अबको युवायुवतीले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ । यस्तो पुरातनवादी र संकीर्ण रोगबाट अब हामी मुक्त हुनुपर्छ र उन्मुक्त भएर आफ्ना विचार राख्नुपर्छ।

नयाँ उभार

उही नारा र उही पाराबाट दिक्क भएर उज्ज्वल थापा, रवीन्द्र मि श्र, रञ्जु दर्शनालगायतका व्यक्तिहरू राजनीतिमा होमिएको हामीले देखेका छौं । उसो त पुरानो राजनीतिमै दीक्षित भए पनि पूर्वप्रधानमन्त्री बाबुराम भटराईले पनि आफूलाई नयाँ शक्ति नाम दिएर दल नै खोलेका छन् । विवेकशील साझाजस्तो दल राजनीतिमा इच्छा भएका तर पुराना विचार र स्वभावका कारण ‘फ्रस्टेट’ आम सर्वसाधारणको विकल्प हुने सम्भावना देखिएको छ ।

पुराना राजनीतिक संगठनभन्दा फरक रूपमा प्रस्तुत भएको यो दलले मौका पाएको खण्डमा केही गर्ने आशा पनि गर्न सकिन्छ । किनभने उनीहरूले प्रस्तुत गरेका कार्यसूची, योजना र ऐक्यबद्धता सामयिक र सराहनीय छन् । व्यवहारमा त्यस्ता अवधारणा लागू गर्न सकिए देशले सकारात्मक परिवर्तन पाउनेमा दुईमत छैन ।

ऊर्जाशील नेतृत्व

युवा देशका मेरुदण्ड हुन् । संसारका सबै परिवर्तनमा युवा र विद्यार्थी नै प्रमुख कारक हुन् । जोस र जाँगर तथा शिक्षा र समयसमेत पर्याप्त भएका युवाले नचाहेमा नहुने नै के छ ? यसर्थ इतिहासको यो गम्भीर क्षणमा युवाले हिजोको त मूल्यांकन त गर्नु नै पर्छ, सँगै नयाँ नेपालको नक्सासमेत कोर्नुपर्छ ।

पार्टीबाट उठेपछि ‘ऐरैगैरे’ जो भए पनि भोट हालिन्छ भन्ने मान्यता त्याग्नुपर्छ आजका युवायुवतीले । बारम्बार एउटै पार्टी र व्यक्ति उठिरहने र युवाको भाग्य र भविष्य खोस्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । नयाँ पार्टीहरूलाई भोट हाल्नै सक्दिनँ भन्ने लाग्छ भने कमसेकम आफ्नोमा ऊर्जावान् र युवापुस्तालाई उम्मेदवार बनाउन कस्सिनुपर्छ ।

‘लाइसेन्स’ युवालाई

सामान्य जागिर खानसमेत एउटा मान्छेले नागरिकतादेखि अनेकौं खालका प्रमाणपत्र पेस गर्नुपर्छ । आफूलाई योग्य प्रमाणित गर्नुपर्छ तर एउटा देश हाँक्ने व्यक्तिले साम, दाम दण्ड, भेद प्रयोग गरेर चुनाव जिते मात्रै हुने ? अब यस्ता हथकण्डा निस्तेज पारिनुपर्छ । हामीले हाम्रा आँखामा लागेको अन्धताको पट्टी हटाउनुपर्छ ।

आफ्नो क्षेत्रमा उठेकामध्ये कुशल नेतृत्व क्षमता, असल आचरण र जनपक्षीय व्यक्तिलाई जिताउन पहल गर्नुपर्छ । उसो त परम्परागत शक्तिसँग शक्ति र सत्ताको सामथ्र्यसमेत भएकाले तिनले युवा र असल नेतृत्वका विरुद्धमा अनेक खालका दुस्प्रचार पनि गर्ने गर्छन् तर तीक्ष्ण युवा नेतृत्वले त्यसलाई परास्त गर्नुपर्छ । रोग लागेपछि औषधि खानुभन्दा रोगै लाग्न नदिनु बुद्धिमानी हुन्छ भनेर हामीले जानका छौं । सोही कुरा मनन गर्दै युवा र उर्वर नेतृत्वलाई देश चलाउने ‘लाइसेन्स’ दिन हामी तयार हुनुपर्छ । – अन्नपूर्ण पोष्टबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

ताजा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.