• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ जेठ २०८३, बिहीबार
०७ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०८ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
  • १३ घण्टा 

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्रक व्यवसायी महासंघको सरकारलाई आग्रह, सडक–पुल संरचनामा जोखिम बढेको निष्कर्ष
  • १४ घण्टा 

महामेला एक्सचेन्ज कार्निभलमा सीजी मोटर्सले सार्वजनिक गर्यो विशेष अफर
  • १४ घण्टा 

आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, प्रारम्भिक छनोट सुरु
  • १९ घण्टा 

सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

प्रेस काउन्सिल अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान
  • २२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २४ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • २. प्रेस काउन्सिल अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान

  • ३. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ४. एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

  • ५. पश्चिमी तथा स्थानीय वायुको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना

  • ६. संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. १० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो

  • ९. सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

  • १०. आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै

समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

admin २०७४, माघ, १६

रमेश लम्साल : काठमाडौँ, ७ माघ । उद्योग मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच काममा समन्वय हुन नसक्दा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् उपलब्ध गराउने कार्यतालिका पर धकेलिँदै गएको छ ।

प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा आगामी चैतभित्रमा विद्युत् उपलब्ध गराउने वचन दिए पनि सेज आफँैले निर्माण गर्नुपर्ने सवस्टेशन निर्माणमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएको हो ।

उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले सेजमा आगामी दुई महिनाभित्र विद्युत् उपलब्ध हुने बताउँदै आउनुभएको छ । सरकारले विशेष आर्थिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको र उद्योग सञ्चालनका लागि विद्युत् उपलब्ध हुने उहाँको भनाइ छ तर कार्यप्रगति हेर्दा सहज रुपमा विद्युत् उपलब्ध हुने अवस्था नरहेको प्राधिकरणको भनाइ छ ।

विशेष आर्थिक क्षेत्रले बनाउनुपर्ने ३३÷११ केभीको सवस्टेशन निर्माणको प्रक्रिया अहिलेसम्म अगाडि नबढेकाले प्राधिकरणले भैरहवा सेजसम्म विद्युत् पु¥याए पनि सवस्टेशन नहुँदा त्यहाँ स्थापना हुने उद्योगले सहज रुपमा विद्युत् पाउन समस्या पर्ने अवस्था छ ।

प्राधिकरणले सेजसम्म विद्युत् पु¥याउनका लागि प्रसारण लाइन निर्माण गर्ने जिम्मेवारी लिएको छ । उपलब्ध विद्युत्लाई सवस्टेशन बनाएर उद्योगलाई विद्युत् वितरण गर्ने काम भैरहवा सेजको कार्यक्षेत्रमा पर्छ ।

नेपाल विद्युत् प्राधिकरण बुटवल क्षेत्रीय कार्यालयका प्रमुख सुरेश क्षेत्रीले प्राधिकरणले गर्नुपर्ने काम गरिरहेको भए पनि सेजभित्रै आफैँले गर्नुपर्ने काम अगाडि नबढाएकाले समस्या भएको जानकारी दिनुभयो ।

भैरहवा सेजले सवस्टेशन निर्माण गर्ने र ११ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् उपलब्ध गराउनेछ । सवस्टेशन निर्माणका लागि हालसम्म ठेक्का प्रक्रिया नै शुरु भएको छैन ।

प्राधिकरणकै कार्यक्षमतालाई हेर्दा सामान्य अवस्थामा सवस्टेशन निर्माण गर्न कम्तीमा पनि डेढ वर्ष लाग्छ । प्राधिकरणका अधिकांश सवस्टेशन तोकिएको समयमा पूरा भएका छैनन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विद्युत् प्राधिकरणलाई दोष देखाएर सेजले व्यवस्थापनको आफ्नो मुख्य जिम्मेवारीबाट भाग्न खोजिरहेको बताउनुभयो ।

“उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् उपलब्ध गराइरहेका छौँ । निर्माणका कार्य गर्न कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “आगामी चैतभित्र हामी हाम्रो कार्यक्षेत्रभित्रको प्रसारण लाइन निर्माण गर्छौं र विद्युत् पु¥याउँछौँ । सेज व्यवस्थापनले सवस्टेशन बनाउने कामचाहिँ नगर्ने अनि विद्युत् जोडिएको छैन भन्दै हामीलाई दोष देखाउँदै आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन ।

कूल ३३ केभी क्षमताको सिंगल सर्किट प्रसारण लाइनमार्फत सेजलाई विद्युत् दिन नसकिने भएकाले तिलोत्तमा नगरपालिकाको जोइकुटी सवस्टेशनदेखि सेजसम्म डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ ।

जोइकुटी–भरौलियाखण्डमा शान्ति वन सामुदायिक वन क्षेत्र भएर प्रसारण लाइन निर्माण गर्नुपर्ने भएकाले समस्या भएको छ । वन क्षेत्रको जग्गा प्रयोगमा समस्या उत्पन्न भएको प्राधिकरण बुटवल क्षेत्रीय कार्यालयका प्रमुख क्षेत्रीको भनाइ छ ।

भरौलियाखण्डमा प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयवासीले अवरोध गरेका छन् । अवरोध हटाएर काम सञ्चालन गराउन उद्योग, वन मन्त्रालय, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायत सरोकार भएकाबीच छलफल भइरहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

“अवरोध हटाएर जसरी पनि चैतसम्ममा सेजमा लाइन पु¥याउँछौँ, सेजमा उद्योग स्थापना गर्न सम्झौता गरेका कम्पनीलाई हाम्रोतर्फबाट कुनै समस्या हुँदैन” उहाँले भन्नुभयो, “तर सेजका तर्फबाट गर्नुपर्ने काम नै अगाडि बढेको छैन ।”

सेजमा उद्योग खोल्न सम्झौता गरेका १९ कम्पनीले विद्युत् नभएको भन्दै कुनै काम गरेका छैनन् । उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् भने ११ केभी लाइनमार्फत उपलब्ध गराइएको प्राधिकरणले प्रष्ट पारेको छ ।

उद्योग मन्त्रालयले सवस्टेशन निर्माणको काम छिट्टै शुरु हुने जनाएको छ । उद्योग सचिव खतिवडाले प्रक्रिया शुरु भएको जानकारी दिँदै सवस्टेशनकै कारण उद्योग खोल्न समस्या नहुने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगको केही दिन पहिले सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत सेजमा विद्युत् उपलब्ध गराउने विषयले प्राथमिकता पाएको थियो । आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सेजमा विद्युत् उपलब्ध गराउन सबै उपाय अपनाइने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
नेप्से परिसूचक ३० अंकले बढ्यो

ताजा

२०८३ जेठ ०८ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्रक व्यवसायी महासंघको सरकारलाई आग्रह, सडक–पुल संरचनामा जोखिम बढेको निष्कर्ष

महामेला एक्सचेन्ज कार्निभलमा सीजी मोटर्सले सार्वजनिक गर्यो विशेष अफर

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.