एकै समयमा दुईतिर काम गर्ने चिकित्सकलाई कानुनी कारबाही गर्छौं : मन्त्री लालबाबु पण्डित
काठमाडौं : जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्। भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आफूले चाँडै नै मन्त्रिणपरिषद्मा एक प्रस्ताव प्रस्तुत गर्ने घोषणा पनि उनले गरे।
मातृशिशु समाज नेपालको द्विदिवसीय ११औँ सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पण्डितले नेपालका सबै तह र तप्काका नागरिकले स्वदेशमै उपचार गर्ने प्रण गर्ने निजी क्षेत्रलाई निषेध होइन प्रवद्र्धन तथा देशलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सिा सेवाको केन्द्र विन्दुका रुपमा स्थापित गर्ने प्रस्ताव पेस गर्ने जानकारी दिए। सुधारका योजना दीर्घकालीन दृष्टिकोण, नवीनतायुक्त प्रस्ताव र सुझाव सरकारलाई प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै मन्त्री पण्डितले भने, ‘सरकारी अस्पतालबाट भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ।’
समृद्धितर्फ लम्कने राष्ट्रिय अठोट पूरा गर्न समाजका सबै वर्गबाट सहयोग हुनुपर्ने वास्तविकता औल्याउँदै उनले अबदेखि भ्रूणको लिंग पहिचान नगर्ने प्रतिबद्धता पनि चिकित्सकहरुबाट व्यक्त हुनैपर्छ उनले भने। समाजका अध्यक्ष प्राडा: मणिन्द्र रञ्जन बरालले मातृशिशु कक्ष देशका सबै अस्पतालमा व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै मातृशिशुको उचित संरक्षण नगरेसम्म कुनै पनि राष्ट्रको भविष्य सुनिश्चि नहुने यथार्थ सुनाए। उनले गर्भवति र नवजात शिशुको स्वास्थ्य सेवामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए।
सम्मेलनमा मातृशिशु स्वास्थ्यको क्षेत्रमा चिकित्सा क्षेत्रमा भएका नवीनतम् उपलव्धि, नेपाली माता र शिशुले जन्मपछिका बाल्य अवस्थामा झेल्नुपरेका समस्यालगायत विषयमा गहन विचार विमर्श हुनेछ।
thahakhabar बाट साभार
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

