स्थानीयको सहमति बिना डिष्टि्रली संचालन हुन सक्दैन- नेता शाही
जानकारी केन्द्र
२०७५, श्रावण, १६
रबिन्द्र यादव/
नवलपरासी पश्चिम १६ असार
नवलपरासी पश्चिम प्रतिनिधि सभा १ (ख) का प्रदेशसभा सदस्य अजय बहादुर शाहीले प्रतापपुर गाउपालिका वडा नं.-८ मा रहेको इन्द्र सुगर एण्ड ऐग्रो सुगर मिलमा रहेको डिष्ट्रिलरी सुचारू गराउनमा अाफ्नो कुनै हात नरहेको बताउनु भएको छ । वहाका अनुसार अाफु लाई बदनाम गर्न केही गुट लागि परेको जानकारी दिए ।
जानकारी केन्द्र संगको कुराकानीमा शाहीले मिलको मापदण्ड अनुसार र स्थानियको सहमति बिना डिष्टि्लरी संचालन कहिले पनि हुन नसक्ने ठोकुवा गर्नु भयो । सुगर मिल लाई सरकारले निर्धारण गरेको उखु मूल्य अविलम्ब किसानलाई भुक्तानी दिनुपर्नेमा जोड दिए ।
बिगत लामो समय देखि डिष्ट्रिलरी संचालन हुन नदिनका लागि स्थानीय बासीले पटकपटक विरोध तथा उक्त मिलमा तालाबन्दी समेत गर्दै अाएका छन । डिष्ट्रिलरी सुचारू हुदा त्यसबाट निस्कने दुषित पानी र धुवाबाट वरपरका एक दर्जनभन्दा बढि गाउँका जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने, साथै किसानले लगाएको बालीमा उक्त मिलको पानीले पुरै बाली नष्ट हुने स्थानिय प्रदिप सिंह थापाले बताए ।
सुगर मिलबाट निस्कने दुषित पानी र धुवा नियन्त्रण गर्न मिलले कुनै वैकल्पिक उपाय नखोजेको स्थानीयको गुनासो छ । सरकारले निर्धारण गरेको समर्थन मूल्य रु. ५३६.५६ अनुसार नै भुक्तानी दिनु पर्ने किसानहरूले माग गरेका छन् तर अहिले मिलले मात्र प्रति क्विन्टल ४६६.९२ भुक्तानी दिइरहेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

