अमेरिकामा ‘छक्का पन्जा ३’को नयाँ रेकर्ड
जानकारी केन्द्र
२०७५, कार्तिक, २६
कार्तिक २६ :नेपाली चलचित्र ‘छक्का पन्जा ३’ले सम्पूर्ण नेपाली चलचित्रको रेकर्ड पार गरिसकेको छ । नेपालमा मात्र नभई चलचित्रले विदेशमा पनि नयाँ रेकर्ड बनाएको छ । अमेरिकामा प्रदर्शन भएका ‘छक्का पन्जा २’ र ‘लुट २’ तीन साता सम्म चलेका थिए तर ‘छक्का पन्जा ३’ अमेरिकामा लगातार १ महिना सम्म चलेको छ । चलचित्रले अमेरिकाको डालस टेक्सासमा यो रेकर्ड बनाएको हो । डालसमा मात्र चलचित्रको ६४ शो सफलताका साथ चलेका छन् भने अझै चलचित्र प्रदर्शन भैरहेको छ ।
चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामांङ, स्वस्तिमा खड्का, सुमन गिरी (भान्जा), संजोग कोइराला, नीर शाह, शिव हरि पौडेल, किरण केसी, अनुराग कुँवर, लक्ष्मी गिरी, विल्सन राई, जय नन्द लामा, शारदा गिरी, बिमला गिरी र बसन्त भट्ट लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने चलचित्रलाई सुमन गिरी (भान्जा), शिव हरि पौडेल, किरण केसी ,तारा चन्द्र बजगाईं (निशान), पुरुषोत्तम प्रधान, दिपेन्द्र खनिया र केशव न्यौपाने लगायतको लगानी रहेको छ ।आमा सरस्वति मुभिजको ब्यानरमा तयार भएको चलचित्रलाई दीपा श्री निरौलाले निर्देशन गरेकी छिन् भने कार्यकारी निर्माताको रुपमा केदार घिमिरे (माग्ने बुढा) र जीतु नेपाल (मुन्द्रे) छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
