नयाँ आइफोनहरुको नेपाली बजार मूल्य: कुन मोडलको कती ? (विशेषता र मुल्यसहित)
एप्पलले यहि वर्षको सेप्टेम्बरमा तीन वटा नयाँ आइफोनका मोडलहरु सार्वजनिक गरेको थियो |
ती मोडलहरु थिए आइफोन XS, आइफोन XS म्याक्स र आइफोन XR | विश्व बजारमा केहि समय देखि नै उपलब्ध भइसकेका यी मोडलहरु हाल सम्म पनि नेपाली बजारमा आधिकारिक रुपमा आइसकेका छैनन् |
नेपालका लागि आधिकारिक रुपमा इभोस्टोरले एप्पलका ग्याजेटहरु उपलब्ध गराउँदै आएको छ | आजको मितिमा इभोस्टोरको वेबसाइटमा भए अनुसार नयाँ एप्पल आइफोनको नेपाली बजार मूल्य यस प्रकारको रहेको छ :
आइफोन XR :
६४ जीबी : नेरु १,२१,५००
१२८ जीबी : नेरु १,२९,६००
२५६ जीबी : नेरु १,४५,८००
आइफोन XS:
६४ जीबी : नेरु १,६२,०००
२५६ जीबी : नेरु १,८६,०००
५१२ जीबी : नेरु २,१८,०००
आइफोन XS म्याक्स :
६४ जीबी : नेरु १,७८,०००
२५६ जीबी : नेरु २,०२,०००
५१२ जीबी : नेरु २,३४,०००
आइफोन XS र XS म्याक्स का विशेषताहरु
दुईवटा १२ MP को मुख्य क्यामरा राखिएको छ जस मध्ये एउटाले चाहिँ जुमको लागि सहयाता पुर्याउने छ
७ MP को फ्रन्ट सेल्फी क्यामरा
धेरै सुधारिएको AMOLED डिस्प्ले
IP68 धुलो र पानी प्रतिरोधी
HDR डिस्प्ले
पहिलेको भन्दा फास्ट FaceID
एप्पलको नयाँ र पहिलेको भन्दा १५% फास्ट भएको Apple A12 Bionic प्रोसेसरको प्रयोग
६४ ,२५६ र ५१२ GB मोडल मा उपलब्ध र ४ GB RAM को प्रयोग
eSIM को प्रयोगबाट दुईवटा सिमको प्रयोग गर्न मिल्ने
Qi वायरलेस चार्जिंग
टच रेस्पोन्सलाई ६० Hz बाट बढाएर १२० Hz बनाइएको – यसर्थ नयाँ आइफोनहरुमा द्रुत टच रेस्पोन्स हुने
यी आइफोनहरु सिल्भर, स्पेस ग्रे र गोल्ड गरि तीनवटा रंगमा उपलब्ध हुनेछ
आइफोन XR को विशेषताहरु
६.१ इन्चको LCD डिस्प्ले
सिङ्गल १२ MP क्यामरा र ७ MP सेल्फी क्यामरा
पहिलेको भन्दा फास्ट FaceID
नयाँ र फास्ट Apple A12 Bionic प्रोसेसरको प्रयोग
६४, १२८ र २५६ GB का मोडलमा उपलब्ध र ३ GB RAM को प्रयोग
टच रेस्पोन्सलाई ६० Hz बाट बढाएर १२० Hz बनाइएको – यसर्थ नयाँ आइफोनहरुमा द्रुत टच रेस्पोन्स हुने
आइफोन XR निलो, कालो, पहेलो, कोरल र रातो रंगहरुमा उपलब्ध हुने छ |
IP67 धुलो र पानी प्रतिरोधी
Qi वायरलेस चार्जिंग
नागरिक बजारबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

