नेपाल जेसिजको रास्ट्रीय उपाध्यक्षमा जेसी आशिस शर्माको उम्मेदवारी |
जानकारी केन्द्र
२०७५, मंसिर, २८
नेपाल जेसिज को ४५ औ महाधिबेशन यहि पुस ७ गते देखि १० गते सम्म जनकपुरमा हुदैछ । उक्त महाधिबेशनले सन् २०१९ को लागि रास्ट्रीय पदाधिकारीहरुको चयन गर्नेछ । उक्त महाधिबेशन मा सन् २०१९ को लागि रास्ट्रीय उपाध्यक्ष पदका लागि जे सी आइ गोदावरीले जेसी आशिस शर्मा लाई आफ्नो उम्मेदवार बनाएको छ । कपन काठमाण्डौका स्थाई बासिन्दा जेसी आशिस शर्मा जे सी आइ गोदावरीका सन् २०१८ का अध्यक्ष हुनुहुन्छ ।
व्यवसायिक रुपमा जेसी आशिस शर्मा सूचना प्रबिधि बिशेषज्ञ हुनुहुन्छ | उहाको सूचना प्रबिधि क्षेत्रमा काम गरेको एक दशक भन्दा लामो अनुभव रहेको छ | उहा हाल निजि क्षेत्र को टेलिकम इनसेल प्रा लि मा बरिस्ठ बिशेशज्ञ हुनुहुन्छ । बिश्वबिख्यात कम्पनीहरु रसियाको सिबोस , टर्कीको गानटेक , चीनको हुवावे र जेडटीइ लगाएतका कम्पनि हरुसंग सहकार्य र बिभिन्न परियोजनाहरुको नेतृत्व गरेको लामो अनुभव छ ।
शैक्षिक योग्यतामा सूचना प्रबिधि र बिज्ञान बिषयमा बिसिस्ट श्रेणीमा र त्रिभुवन बिश्वबिध्यालयबाट प्रथम श्रेणीमा एमबिए गर्दै दोहोरो स्नातकोत्तर गर्नुभएको छ । व्यवसायिक र शैक्षिक योग्यताले निपुण जे सी आशिष शर्मा सन् २०१० मा साधारण सदस्य देखि गोदावरी जेसिज बाट आफ्नो जेसिज यात्राको थालनी गर्नु भएको हो ।
जेसिज जीवनलाई निरन्तरता दिदै गोदावरी जेसिजमा २०१२ मा तालिम संयोजक , २०१३ मा महासचिव , २०१४ मा बरिस्ठ उपाध्यक्ष ,२०१५ मा कोषाध्यक्ष , २०१६ मा कानुनि सल्लाहकार , २०१७ मा कोष व्यवस्थापन अध्यक्ष हुदै २०१८ मा अध्यक्ष चुनिनुभएको हो । यस अर्थमा उहाको जेसिज जीवन मा शाखा संचालनमा सम्पूर्ण अनुभवसहित लामो यात्रा रहेको छ । नेपाल जेसीजको प्रशिक्षक प्रशिक्षण तालिम बाट पनि दीक्षित हुनुहुन्छ ।
शाखा अध्यक्ष भएपछि उहाले विभिन्न परियोजना को सफलता हासिल गर्नुभएको छ । यसै बर्ष श्री दमाइटार सामुदायिक बिद्यालय , गोदावरी का बिध्यार्थिलाई स्कुल झोला तथा शैक्षिक सामग्री उपलब्ध गराउनु अनि श्री दमाइटार सामुदायिक बिद्यालय , गोदावरी मा कम्प्युटर वितरण र इ लाइब्रेरी को स्थापना , “मेरो सदाबहार जन्मदिन” परियोजनाले कर्तब्य , भावना, मनोरंजन को माध्यमबाट वातावरणप्रति योगदान गर्ने जस्ता ठुला परियोजना पनि सुन्य लागतमा सम्पन्न गर्न सकिन्छ भनि प्रयोग गरि उदाहरण देखाउनु भयो । यसको कदर स्वरुप नेपाल जेसिजका रास्ट्रिय अध्यक्ष बाट जुलाई महिना मा गोदावरी जेसिजलाई ” जेसिज ओफ द मन्थ ” बाट पुरस्कृत गराउन सफल हुनुभयो । आर्थिक रुपले कमजोर रहेका शाखा लाई पनि रचनात्मक तरिका बाट सुन्य लागत मा उत्क्रिस्ट कार्य गर्न सकिन्छ भन्ने उदाहरण देखाउनु भएको छ ।
सूचना प्रविधिको आफ्नो दक्षता लाई साखा मा पनि बिस्तार गर्ने क्रमम यस वर्ष गोदावरी जेसिजलाई कागजबिहिन प्रशासनको सफल सुरुवात गरियो । सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सबै सदस्यलाई अभिप्रेरित गरियो र साखालाई सम्पूर्ण रुपमा प्रविधिमा रुपान्तरित गर्न सफल रहनुभयो ।
यसका अतिरिक्त सन् २०१५ मा गोदावरी जेसिज ले आयोजना गरेको नेपाल जेसिज क्षेत्र ग को अध्यक्षीय भेलाको गोदावरी जेसिज को तर्फबाट संयोजकको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्नुभएको थियो । २०१६ मा गोदावरी जेसिजबाट “शान्तिको लागि साइकाल ” कार्यक्रम आयोजना पनि गर्नुभएको थियो ।
अन्तरास्ट्रिय स्तरमा अन्य जेसिज संग पनि समन्वय र सम्बन्ध राख्दै आफ्ना सदस्यहरुलाई अन्तरास्ट्रिय साखाहरुमा पनि समावेश गर्न सफल हुनुभएको छ ।
सन् २०१३ मा जे सी आइ जेनेभा , जे सी आइ पेरिस संग , सन् २०१४ मा जे सी आइ इस्तानबुलमा आबद्द रहेर काम गर्नुभयो । जे सी आइ ढाका मा बिशेष अतिथिको भूमिका पाउनुभयो । जे सी आइ बैंगलोर गार्डेन सिटि मा आफ्नो सदस्यहरुलाई आबद्द गराई जेसिज अभियान लाई निरन्तरता दिन सदस्यलाई राम्रा बातावरण सिर्जना गराउनुभएको छ ।
जेसिज यात्राकै क्रममा गोदावरी जेसिजका अध्यक्षबाट उत्क्रिस्ट काम गरेर सन् २०१३ मा उत्क्रिस्ट तथा लगनशील सदस्य , सन् २०१७ मा “अध्यक्षीय पुरस्कार” पुरस्कृत हुनु भयो ।
साथै यसै वर्ष नेपाल जेसिजका रास्ट्रिय अध्यक्षबाट जुलाई महिनामा ” जेसिज ओफ द मन्थ ” बाट पुरस्कृत सफल हुनुभयो ।
उहाको रास्ट्रीय उपाध्यक्ष भएपछि जेसिजहरुको व्यक्तिगत बिकास , र व्यवसायिक रुपमा जेसिज लाई सबल बनाउदै सामुदायिक प्रभाव लक्ष्य छ । उहाले जेसिजमा आफ्नो शुचना प्रबिधिको ज्ञान सम्पूर्ण जेसिजहरुलाई तालिम बाट प्रदान गर्ने र यसको अधिकतम प्रयोग गरि नेपाल जेसिजलाई डिजीटल रुपान्तरण गर्ने लक्ष्य रहेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

