ग्लोबल आइएमई बैंकले ल्यायो “प्रोफेशनल लोन”
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले पेशागत ब्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी “ग्लोबल आइएमई प्रोफेशनल कर्र्जा” सञ्चालनमा ल्याएको छ । विभिन्न पेशामा संम्बद्ध व्यक्तिहरु जस्तै डाक्टर, इन्जिनियर, सि.ए. लगायत अन्य कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरि बैंकले सञ्चालनमा ल्याएको “प्रोफेशनल लोन” अन्तर्गत सेवाग्राहीले बिना धितो रु १५ लाख सम्म ऋण प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सुलभ व्याजरमा उपलब्ध गराईने यस्तो कर्जाबाट विभिन्न पेशामा र व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सहज तरिकाले बैंकिङ्ग ऋणको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । सरल मासिक किस्ताबन्दीमा ५ वर्षसम्मको लागि प्रदान गरिने “प्रोफेशनल लोन” सुविधाले आफ्नो पेशा व्यवसायको साथसाथमा अन्य कुनै क्षेत्रमा लगानी गर्न चाहने कर्मचारी वर्गलाई सघाउ पुर्याउने छ । “प्रोफेशनल लोन” सुविधा नेपाल भरी फैलिएर रहेका ग्लोबल आइएमई बैंक लि.का शाखा कार्यालयहरु मार्फत उपलब्ध हुनेछ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्लोबल आइएमई बैंक लि.ले ग्राहक वर्गको हितलाई मध्यनजर गर्दै बिभिन्न समयमा यस्ता नयाँ नयाँ सेवाहरु संचालन गरिरहेको छ। बैंकले कृषिमा आधुनिकिकरणको लागि कृषि कर्जा देखि साना तथा मझौला व्यवसायीलाई लक्षित गरि साना तथा मझौला व्यवसायी कर्जा, विद्यार्थीहरुको उज्जवल भविष्यको लागि एजुकेशनल लोन, होम लोन लगायतका कर्जा सुविधा प्रदान गर्दै आएको छ। साथै बैंकले उच्चतम व्याजदरको साथमा बिमा सुविधा सहितको नवरत्न बचत खाता लगायत अन्य बचत खाताहरु मार्फत पनि विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
