• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ जेठ २०८३, शुक्रबार
१५ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
  • ७ घण्टा 

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन
  • ८ घण्टा 

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग
  • ९ घण्टा 

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • १० घण्टा 

जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज
  • ११ घण्टा 

बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन
  • १२ घण्टा 

२४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन
  • १३ घण्टा 

ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो
  • १४ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

  • २. ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा

  • ५. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

  • ६. आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

  • ९. २४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

  • १०. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आजको राशिफल / २०७५ चैत्र ०३ गते आइतबार

admin २०७५, चैत्र, ३

वि.सं. २०७५ चैत्र ०३ गते आइतबार तदनुसार ई. सं. २०१९ मार्च १७ तारिख, फाल्गुन शुक्ल एकादशी, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, अतिगण्ड योग, विष्टि (भद्रा) र बब करण , आजको चाडपर्व र उत्सव : आमलकी एकादशी व्रत, रविपुष्य योग, आजको मूहुर्त : द्रव्यप्रयोग वा लगानी, कलशचक्र, भोलिको चाडपर्व र उत्सव : सोम प्रदोष व्रत, गोविन्द द्वादशी, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), अक्षरारम्भ, कलशचक्र,

आजका लागि अशुभ समय :

राहु काल : साँझ ०४:४२ देखि ०६:१२ सम्म, यमघण्ट : दिउँसो १२:१३ देखि ०१:४३ सम्म, गुलिक काल : दिउँसो ०३:१३ देखि ०४:४२ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :

शुभ वारवेला : दिउँसो ०१:४३ देखि ०३:१३ सम्म, अमृत वारवेला : दिउँसो १०:४४ देखि १२:१३ सम्म, लाभ वारवेला : बिहान ०९:१४ देखि १०:४४ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने चामल वा दूध खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

चन्द्रमा अनिष्ट भए पनि शुभ ग्रहको प्रभावले परिवारजनमा आत्मीय भाव बढ्ने तथा मान्यजनको आशीर्वचन प्राप्त हुने समय छ । कमजोरीलाई सुधार गरी आगामी कार्यप्रगति तर्फ लम्कने अवसर आउने छ । नचिताएको स्थानबाट धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

शुभरङ्ग : गाढा रातो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : शिवर्पावती, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने, के नगर्ने : गोपनीयता भङ्ग

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुनसक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिने छ । खर्चको अनुपातमा आम्दानी धेरै हुने दिन छ । परिश्रम र मिहिनेतको प्रतिफल आशाअनुरूप प्राप्त हुनेछ । नचिताएको ठाउँबाट उठ्नुपर्ने रकम अचानक हातमा आइपुग्ने छ । नियमित र स्थायीकाममा भन्दा नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।

शुभरङ्ग : गाढा हरियो, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने, के नगर्ने : साथीभाइको बेवास्ता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मुखमा कमजोर चन्द्रमा रहेकाले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । बोलीमा संयमता अपनाउनु होला । स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको सम्भावना छ । कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको राय लिनु राम्रो हुन्छ । तर्क, बहस, छलफल र प्रतियोगितामा सफलता प्राप्त हुने छैन । विलासिताका क्षेत्रमा धन खर्चको योग छ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन ।

शुभरङ्ग : सेतो वा उज्यालो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी, के नगर्ने : बोलीवचनमा कडापन

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ तथापि आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।

शुभरङ्ग : हलुका रातो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : गणेश, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : मन उत्ताउलो नबनाउने, के नगर्ने : हतारमा निर्णय

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

बाह्रौं भावमा चन्द्रमा रहेकाले हाँके÷ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । धननाशको योग छ, सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिन मनलाग्छ । मानसिक एवं बौद्धिक क्षमतामा कमी भएको महसुस हुनेछ । नजिकैको आफन्त वा नातेदारसँग चित्त नबुझ्न सक्छ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : कालभैरव, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी, के नगर्ने : याचकको अपमान

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ ।

शुभरङ्ग : सेतो वा सुन्तले, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवजी, अशुभ रङ्ग : घिउरङ्ग÷बैजनी, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : रचनात्मकता र र्जनात्मकतामा जोड दिने, के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

कर्मसिद्धिको समय छ । हाँके÷ताकेका काममा सफलता आर्जन हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाई र नातागोताले साथ दिनेछन् । आम्दार्नीका नयाँ मार्ग देखा पर्नेछन् ।

शुभरङ्ग : नीलो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : भोलेशङ्कर, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा. बलप्रयोग नगर्ने, के नगर्ने : उदासीनता÷नैराश्यता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । भाग्योन्नतिको समय छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : विष्णु अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : कुलधर्म र परम्पराको अनुसरण, के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

विभिन्न समस्याहरू झेल्ने समय छ । त्यसैले आज लडाइँ, झगडा र वादविवादमा आकर्षित नभएको जाति हुन्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने सम्भावना छ, खर्च गर्दा होस राख्नुपर्छ । उता घरपरिवार र कार्यक्षेत्रमा पनि राम्रो छैन । गृहिणीले मानसिक तनाव, व्यापारीले घाटा, विद्यार्थीले अनावश्यक बखेडा र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ, सचेत र सावधान भई ड्राइभिङ गर्नुपर्छ अनि लामो यात्रामा जानु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । शरीरमा आलस्यले डेरा जमाउने छ । आज धन, धर्म र भाग्यमा कमी हुने दिन हो ।

शुभरङ्ग : ध्वाँसे, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : सङ्कटा देवी, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : नैराश्यभाव त्याग गर्ने, के नगर्ने : तीव्रगति र हडबड

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

एकाबिहानै मनमा चिन्ता शंका र छटपटी सिर्जना हुनसक्छ, कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन । आफन्तले समेत भावनाको मूल्यांकन नगर्दा मन रुमल्लिन सक्छ, वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ ।

शुभरङ्ग : सुन्तले, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : विष्णुलक्ष्मी, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल, के नगर्ने : परिवारको बेवास्ता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । चुनौती, सङ्र्घर्ष र प्रतिस्पर्धामा दौडधूप दिंदादिंदै आजको दिन बितेको पत्तो पाइँदैन ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : गणेश, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : खानपानमा नियन्त्रण, के नगर्ने : आवेग, घमण्ड र क्रोध

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पाँचौं चन्द्रमाले मिश्रित फल प्रदान गर्ने छ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् । हल्लाको भर पर्दा दुस्ख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । तर मन भावना, खेलवाड र कल्पनामा अल्मलिन सक्छ, सचेत रहनु होला । दिगो फाइदा हुने काम प्रारम्भ गर्नु अघि जान्नेबुझ्ने र अनुभवीको सल्लाहलाई मानेको राम्रो हुनेछ । इच्छाशक्ति बढे पनि त्यसले झन् निराशालाई बढावा दिने छ । सन्तति र भाइबहिनीको काममा खट्नु पर्ने दिन छ ।

शुभरङ्ग : गाढा हरियो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : सूर्यदेव, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने, के नगर्ने : अल्छी र अकर्मण्यता

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

purbelinews.com कृष्णप्रसाद काेइराला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मुस्लिम समुदायले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
२०८३ जेठ १४ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ जेठ १३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.