• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        बिहीबार, माघ २३, २०८२
बिहीबार, माघ २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशतले वृद्धि

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा दिपल एस०७

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ८. २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. २०८२ साल माघ १६ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

आजको राशिफल / वि.सं. २०७५ चैत्र ०९ गते

वि.सं. २०७५ चैत्र ०९ गते शनिबार तदनुसार ई. सं. २०१९ मार्च २३ तारिख, नाला मच्छिन्द्रनाथ रथयात्रा, विश्व मौसम दिवस, चैत्र कृष्ण तृतीया, चित्रा नक्षत्र, तुला राशिको चन्द्रमा, व्याघात योग, वणिज र विष्टि (भद्रा) करण, आजको चाडपर्व र उत्सव : नाला मच्छिन्द्रनाथ रथयात्रा, विश्व मौसम दिवस, आजको मूहुर्त : द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, भोलिको चाडपर्व र उत्सव : विश्व क्षय रोग दिवस, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दैलो राख्ने,

आजका लागि अशुभ समय :

राहु काल : बिहान ०९:१० देखि १०:४१ सम्म, यमघण्ट : दिउँसो ०१:४३ देखि ०३:१४ सम्म, गुलिक काल : बिहान ०६:०८ देखि ०७:३९ सम्म, काल वारवेला : बिहान ०६:०८ देखि ०७:३९ सम्म र साँझ ०४:४४ देखि ०७:४४ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :

शुभ वारवेला : बिहान ०७:३९ देखि ०९:१० सम्म, अमृत वारवेला : दिउँसो ०३:१४ देखि ०४:४४ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पान वा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । भावुकता बढ्ने समय हो, प्रेमी÷प्रेमिकाको सामीप्यता बढ्ने छ । आफन्तका बीचमा आत्मीयता बढ्ने छ ।

शुभरङ्ग : हलुका रातो शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : राधाकृष्ण अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : २ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : पति÷पत्नी र प्रेमी÷प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने के नगर्ने : कामुकता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

भोगविलासमा आकर्षण बढ्न सक्छ, तर मनले चाहेजस्तो परिणाम प्राप्त गर्न गाह्रो छ । मनोरञ्जनात्मक क्षेत्रमा समय र धन खर्च हुनसक्छ । बन्दव्यापारमा चुनौतीको सामना गर्नुपर्छ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ, प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । त्यस्तै अनपेक्षित वादविवाद पनि हुनसक्छ, संयम हुनुहोला । बन्दव्यापारमा खासै खराब प्रभाव रहँदैन, तर मनमा अधैर्यता र अस्थिरता देखिने छ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : विष्णु भगवान् अशुभ रङ्ग : सुन्तले÷गुलाबी अशुभ अङ्क : १ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने के नगर्ने : मुद्दामामिला र झैझगडा

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता बढे पनि नयाँ कामधन्दाका लागि काम गर्ने वातावरण सिर्जना हुन्छ । विद्यार्थीका लागि आज थोरबहुत सकारात्मक दिन नै रहने छ, तर आफ्नो क्षमतामा घट्दै गएको महसुस हुनेछ । सन्ततिका लागि भौतिक सुविधाको जोहो गर्ने सिलसिलामा केही धनराशि खर्च हुने सम्भावना छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । भोगविलासप्रति आशक्ति बढ्न सक्छ वा कुनै तिर्सना जाग्नाले मन विरक्तिन सक्छ, सचेत रहनु होला । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ ।

शुभरङ्ग : आकासे शुभअङ्क : ९ शुभदिशा : पूर्व इष्टदेवता : सरस्वती माता अशुभ रङ्ग : कालो अशुभ अङ्क : ३ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः न्यूनतम जापसङ्ख्या : ०७ के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने के नगर्ने : अहङ्कार

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मनमा किसिमकिसिमका भावना पलाउने छन् । मनलाई पापमतिमा जान दिनु हुँदैन । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । घरायसी खर्चमा बृद्धि हुनेछ । शरीरमा अल्छीपना र आलस्य जाग्नेछ । धन निवेश गर्नु ठिक छैन । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । परिवारजनमा असमझदारी बढ्नेछ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनेछ । कृषि–चौपाया र बन्दव्यापारबाट पनि भनेजस्तो लाभ हुँदैन । गोपनीयता भङ्ग हुनाले हुन लागेको काम बिग्रने छ ।

शुभरङ्ग : कलेजी शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : अष्टमातृका अशुभ रङ्ग : गाढा नीलो अशुभ अङ्क : २ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने के नगर्ने : लोभ र मोह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मध्यम स्तरको दिन भए पनि गरेको काम र बन्दव्यापारमा राम्रै छ । समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि तपाईंले आफन्तको साथ पाउनु हुनेछ । धार्मिक र सामाजिक काममा समय र धन लगानी गर्ने समय आएको छ । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । आकस्मिक रूपमा कुनै वस्तुको खरिद गर्दा अनायासै महँगोमा पर्न सकिन्छ, आवश्यक छैन भने पछि खरिद गर्दा राम्रो हुन्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा स्थापनाका लागि सङ्घर्ष गरिने छ । विगतमा भएका गल्ती सच्याउने अवसर पाइने छ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति मन आकर्षित बन्न सक्छ ।

शुभरङ्ग : हरियो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : गणेश अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे अशुभ अङ्क : १ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने के नगर्ने : दुःखीको अपमान

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो । तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । दिदीबहिनीको सहयोग पाइने छ । आर्थिक क्षेत्र सबल रहने छ भने स्वास्थ्यमा पनि सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुनसक्छ । भौतिक साधनको जोहो गर्ने र मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । बोलीका भरमा काम फत्ते गर्न सकिन्छ ।

शुभरङ्ग : सेतो शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : लक्ष्मी माता अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : ९ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने के नगर्ने : फजुल खर्च

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । पेसा र व्यवसायका विविध क्षेत्रमा सफलता पाइने छ ।

शुभरङ्ग : गुलाबी शुभअङ्क : १ शुभदिशा : पूर्व इष्टदेवता : हनुमान् अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ८ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : नैराश्यभाव त्याग गर्ने के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बाह्रौं घरमा चन्द्रमा भए पनि शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग देखिनेछ । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ र रामरमाइलो तथा मनोरञ्जनात्मक क्षेत्रमा धनलगानी हुनसक्छ । छरछिमेकी वा साथीभाइले कुनै महत्वपूर्ण काममा सहयोग गर्नेछन् । तपाईको दार्शनिकता र विचारलाई सबैले सराहना गर्नेछन् । खर्च बृद्धि हुने समय छ, तर समुचित स्थानमा धनव्यय हुनेछ । परोपकारमा चित्त जानसक्छ वा अस्वस्थ रहेका वा अप्ठ्यारामा परेका आफन्तको सहयोग गर्दा धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गको इच्छाबमोजिम धार्मिक वा सांस्कृतिक क्षेत्रको भ्रमण हुनसक्छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : कुल÷पितृदेवता अशुभ रङ्ग : हरियो÷चम्किलो अशुभ अङ्क : ७ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : खर्र्चमा नियन्त्रण के नगर्ने : विलम्ब र ढिलासुस्ती

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । बौद्धिक र प्राज्ञिक उन्नयनको प्रयास सफल हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । समय उत्साहवद्र्धक रहला ।

शुभरङ्ग : नीलो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : शिवजी अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम अशुभ अङ्क : ६ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी के नगर्ने : अनुशासन भङ्ग

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

श्रममूलक काम वा कृषिक्षेत्रका काममा मन जानेछ । प्रयाससाध्य समय छ, संयम भई पूर्ण गर्नुहोला । प्राविधिक कामबाट ढिलो भए पनि सोचेजस्तो सफलता हात पर्नेछ । अध्ययन र चिन्तनमा ध्यान केन्द्रित हुन सक्दैन । नतिजाको पर्खाइमा हुनुहुन्छ भने निराश हुनुपर्छ, तर बन्दव्यापारमा फाइदा नै छ, लगनशीलता नदेखिए हानि पनि हुनसक्छ, सचेत हुनुहोला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको कारोबार गर्दा ढिलो गरी लाभ मिल्ने सम्भावना छ । मातापिता र अभिभावकवर्गका समस्यामा रुमल्लिने दिन छ । प्रतिष्ठा गुम्ने काममा आकर्षण बढ्ने सम्भावना छ । भूमि वा पितृधनको उपयोग गर्न सकिने छैन ।

शुभरङ्ग : कालो शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : कुल÷पितृदेवता अशुभ रङ्ग : कलेजी अशुभ अङ्क : ५ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास के नगर्ने : अल्छीपन र अकर्मण्यता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मान्यजनको आशीर्वाद पाउनु हुनेछ । हाँकेताकेका र चिताएका काममा सफलता मिल्नेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल छ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । बन्दव्यापारबाट फाइदा हुनेछ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी शुभअङ्क : ९ शुभदिशा : पूर्व इष्टदेवता : धर्मराज अशुभ रङ्ग : चम्किलो÷उज्यालो अशुभ अङ्क : ४ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम के नगर्ने : अपमान

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउनाले दैनिक कामकाजमा असर पर्नसक्छ वा गर्नैपर्ने कुनै काम रोकिन सक्छ । आज धननिवेश गर्नु र साक्षी÷जमानी बस्नु हुँदैन । अनाहकमा अरुले गरेका गल्तीको सजाय पनि आफैले भोग्नु पर्ने हुन्छ । यात्राबाट फाइदा छैन, त्यसैले धेरै टाढा जानु हुँदैन, चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बोलीमा अङ्कुश लगाएको नै राम्रो हो, नत्र साथीभाइ टाढिन सक्छन् अनि बेकारको विवादमा फँस्न सकिन्छ । सोच नै उल्टो हुने भएकाले आज कुनै पनि नयाँ काम नथाल्नु होला ।

शुभरङ्ग : नीलो शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : भगवान् महादेव अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ३ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम


purbelinews.com कृष्णप्रसाद काेर्इराला

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    लोकप्रिय

    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

    २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

    राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
    • राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
    • २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
    • हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशतले वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.