• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ असार २०८३, बुधबार
०३ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
  • १२ घण्टा 

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • १९ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • १९ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • १ दिन 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १ दिन 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • २ दिन 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • २ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • २ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

आजको राशिफल / वि.सं. २०७५ चैत्र १३ गते बुधबार

admin २०७५, चैत्र, १३

वि.सं. २०७५ चैत्र १३ गते बुधबार तदनुसार ई. सं. २०१९ मार्च २७ तारिख, चैत्र कृष्ण सप्तमी, ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, व्यतिपात योग, विष्टि (भद्रा) र बब करण, आजको मूहुर्त : अग्निवास(होमादि), भोलिको चाडपर्व र उत्सव : अष्टमी व्रत, गोरखकाली पूजा, शीतलाष्टमी, वासेरा, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पुराणश्रवण,

आजका लागि अशुभ समय :

राहु काल : दिउँसो १२:१० देखि ०१:४२ सम्म, यमघण्ट : बिहान ०७:३५ देखि ०९:०७ सम्म, गुलिक काल : दिउँसो १०:३९ देखि १२:१० सम्म, काल वारवेला : बिहान ०९:०७ देखि १०:३९ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :

लाभ वारवेला : बिहान ०६:०३ देखि ०७:३५ सम्म र साँझ ०४:४६ देखि ०७:४६ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने दही खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन मिश्रित फलदायी रहेको छ । उदयकालमा आयुक्षेत्रमा चन्द्रमा छ, तर राशिमा शुभ ग्रहको प्रभाव रहेकाले कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँके÷ताकेका काममा सफलता मिल्दै जानेछ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ ।

शुभरङ्ग : कालो शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : कालभैरव अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ३ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण् के नगर्ने : असुरक्षित यात्रा

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने मध्याह्नभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : शिवर्पावती अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : २ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : परिवारमा अधिकतम समय दिने के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज कल्पनाको संसारमा रुमल्लिएर दिन बित्नेछ । मनमा नानाथरिका कल्पना र भावना जाग्नेछन् । घरिघरि मानसिक अशान्ति र छटपटी बढ्न सक्छ । तर्कवितर्क, बहस र वादविवादमा नअल्मलिएको जाति हुन्छ, विनापत्तामा झैझगडा र किचलो बढ्न सक्छ । दिन ढल्दै जाँदा मायाप्रेम र पारिवारिक सुखका निमित्त अनुकूलता बन्नसक्छ, रसरङ्ग र घुमघामका लागि समय र धनको जोहो हुनेछ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ र भोगविलासमा तिर्सना जाग्नसक्छ । तर प्रेमप्रसङ्ग र दाम्पत्य सम्बन्धमा चिसोपन बढ्नसक्ने सङ्केत पनि छ । भोगविलास र सुखसुविधा बढाउन गरिएको प्रयास सफल हुनेछ ।

शुभरङ्ग : हलुका सेतो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : भगवान् शङ्कर अशुभ रङ्ग : सुन्तले÷गुलाबी अशुभ अङ्क : १ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ । दिउँसो छैटौं भावमा चन्द्रमा जाने भएकाले संयम र अनुशासित भई अघि बढ्नु राम्रो हुन्छ । दिउँसोबाट व्यर्थका तर्क, बहस र वादविवादको परिस्थिति सिर्जना हुनेछ । विवाद भइ हाले पनि विजय र श्रेय तपाईंले नै पाउनु हुनेछ । आज आमा वा मामाको सल्लाहमा गरिएको काममा फाइदा हुनसक्छ ।

शुभरङ्ग : हलुका नीलो वा हरियो शुभअङ्क : १ शुभदिशा : पूर्व इष्टदेवता : सरस्वती माता अशुभ रङ्ग : कालो अशुभ अङ्क : ३ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ०७ के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने के नगर्ने : बुद्धिको दुरुपयोग

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । यद्यपि दिनभरि दुःख र झमेला व्यहोर्नु पर्ने दिन भए पनि बेलुकीपख सन्तुष्टिको वातावरण मिल्नेछ । परदेशमा बसोबास गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्न सक्छन्र । अपराह्नपछि बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्नसक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए पनि प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ । छोराछोरी र भाइबहिनीको भावना बुझेको राम्रो हुन्छ । दाम्पत्यसम्बन्ध सामान्य रहने छ ।

शुभरङ्ग : रातो वा पहेंलो शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : भगवती दुर्गा अशुभ रङ्ग : गाढा नीलो अशुभ अङ्क : २ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : पति÷पत्नी, प्रेमी÷प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सुरुमा सामाजिक क्षेत्रमा बसे पनि दिनभरि सुखभावमा चन्द्रमाको उपस्थिति रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु त्यत्ति उपयोगी हुँदैन । समग्रमा आज मध्यमफल प्राप्त हुन्छ । राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ । व्यापार व्यवसायबाट पनि भनेजस्तो फाइदा लिन सकिंदैन । शरीरमा आलस्यले डेरा जमाउने छ । घरायसी समस्यामा समय बित्नसक्छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । कामको अनावश्यक चाप बढ्ने छ ।

शुभरङ्ग : गाढा नीलो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : गणेश अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे अशुभ अङ्क : १ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण के नगर्ने : घमण्ड

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ ।

शुभरङ्ग : घिउ रङ शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : लक्ष्मी माता अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : ९ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने के नगर्ने : अनावश्यक खानपान

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आजबाट पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् । डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने समय छ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ ।

शुभरङ्ग : सिन्दूरे रातो शुभअङ्क : ९ शुभदिशा : पूर्व इष्टदेवता : हनुमान् अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ८ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने के नगर्ने : हडबड र शीघ्रता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सुरुमा बाह्रौं चन्द्रमा छ, दिउँसो तपाईंको आफ्नै घरमा चन्द्रमा आइपुग्छ, त्यसैले कुनै महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । स्फूर्ति र उमङ्गको कमी हुनेछ तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । प्रारम्भमा मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, तर आज हतार वा आवेशमा आएर कुनै काम नगर्नु होला । महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ ।

शुभरङ्ग : सेतो वा बैैजनी शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : धर्मराज अशुभ रङ्ग : हरियो÷चम्किलो अशुभ अङ्क : ७ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : दान, धर्म, परोपकार के नगर्ने : रिसराग, उद्वेग र क्रोध

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका कारण पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, खर्च गर्न मन हौसिने छ । वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् ।

शुभरङ्ग : कालो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : सरस्वती माता अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम अशुभ अङ्क : ६ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । रोकिएका सरकारी काम सुल्झाउन सकिन्छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।

शुभरङ्ग : ध्वाँसे शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : महालक्ष्मी अशुभ रङ्ग : कलेजी अशुभ अङ्क : ५ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने के नगर्ने : लोभ र मोह

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ, तर दिन ढल्दै जाँदा कर्मप्रति समर्पित भई खट्ने अनुकूलता मिल्नेछ । आज बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, यद्यपि कर्मक्षेत्रमा चाप बढ्नाले रतिराग तथा पारिवारिक सम्बन्धप्रतिको आकर्षणमा कमी देखिने छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन । खटेजति सफलता पाइने योग छ, जिम्मेबारीको क्षेत्रमा लगनशील भएमा अवश्यमेव लाभ मिल्ने समय छ ।

शुभरङ्ग : सेतो वा पहेंलो शुभअङ्क : ५ शुभदिशा : पूर्व इष्टदेवता : कुलगुरु÷शिवजी अशुभ रङ्ग : चम्किलो÷उज्यालो अशुभ अङ्क : ४ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग के नगर्ने : आडम्बर र ढोंगीपन

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

http://purbelinews.comकृष्णप्रसाद काेर्इराला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
२०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.