कमिलाको अण्डा संकलन थाइल्याण्ड र भारतको छत्तीसगढ लगाएतका बिभिन्न भुभागहरुमा वर्षौ अघिदेखि हुदै आएको बुझिएको छ । खानाका बिभिन्न मिष्ठान्न परिकारको लागी र माछा मानको लागी बिषेश प्रयोग गरिदै आएको कमिलाको अण्डा हाल भारतको नयाँ डिल्लीक स्थीत एक हर्वल कंपनि जालाले शरिरका बिभिन्न भागमा रहेका रौहरुलाई हटाउन तेलको रुपमा पनि बजारमा ल्याएको छ ।
कमिलाको अण्डालाई अन्य बारुला, माउरी जस्तै एक प्रजातिको किराको फुलको रुपमा लिईन्छ । हाल कमिलाको अण्डा बाट बनेको परिकारहरु थाइल्याण्ड र भारतका बिभिन्न ठुला रेष्टुरेन्टहरुमा गएर चाख्न पाईन्छ । बिषेश त कमिलाको अण्डा संकलन हुने क्षेत्रका स्थानीय बजारमा यसको माग निकै बढी देखिएको छ । जंगलमा रहेका कमिलाको खोरबाट संकलन गरिने कमिलाको अण्डा हाल भारतका आर्थीक अवस्था कमजोर हुनेहरुको रोजिरोटीको माध्यम नै बनेको छ ।