• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २७, २०८२
शुक्रबार, असार २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

आजको राशिफल / वि.सं. २०७५ चैत्र २२ गते शुक्रबार

वि.सं. २०७५ चैत्र २२ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अप्रिल ०५ तारिख, चैत्र कृष्ण अमावस्या, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, ऐन्द्र योग, नाग र किंस्तुघ्न करण, आजको चाडपर्व र उत्सव : स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन, घोडे जात्रा, आजको मूहुर्त : दैलो राख्ने, भोलिको चाडपर्व र उत्सव : चन्द्रोदय, वत्सरारम्भ, तेल लगाउने र निमको पात खाने दिन, भद्रकाली पीठमा लिंगो तल झार्ने दिन, चोभारमा आदिनाथ स्नान, बैतडी गुर्जर बनारसी मन्दिरमा कोटिहोम मेला सुरु, भोलिको मूहुर्त : द्रव्यप्रयोग वा लगानी,

आजका लागि अशुभ समय :

राहु काल : दिउँसो १०:३४ देखि १२:०८ सम्म, यमघण्ट : दिउँसो ०३:१५ देखि ०४:४९ सम्म, गुलिक काल : बिहान ०७:२७ देखि ०९:०० सम्म, रोग वारवेला : दिउँसो ०१:४१ देखि ०३:१५ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :

शुभ वारवेला : दिउँसो १२:०८ देखि ०१:४१ सम्म, अमृत वारवेला : बिहान ०९:०० देखि १०:३४ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा स्त्रीको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पानी खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बाह्रौं भावमा चन्द्रमा भएकोले आर्थिक सङ्कटको सम्भावना छ । अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना पनि छ । विवाद, मुद्दामामिला र प्रतिस्पर्धाबाट सामान्य फाइदा लिन सकिने छ । अनावश्यक खर्च र नोक्सानीलाई नियन्त्रण गर्न सकिने छ । भविष्यप्रति घोत्लिन मन लाग्नेछ । दीर्घकालिक फाइदाका लागि केही काम हुन सक्छन् । खर्चको मात्र बढे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी गर्ने परिस्थिति बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : कालभैरव अशुभ रङ्ग : हरियो÷चम्किलो अशुभ अङ्क : ७ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी के नगर्ने : याचकको अपमान

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आज जुनसुकै काममा प्रयत्न र लगनशीलताको खाँचो हुनेछ, त्यसैले गर्न खोज्दा उपलब्धी नै हासिल हुने दिन छ । परिस्थितिले निष्क्रिय बनाउन सक्छ । श्रमको उचित मूल्य नमिल्न सक्छ । आम्दानी राम्रै भए पनि अर्थ संग्रहमा केही बाधा पुग्ने समय छ । कृषि, पशुपालन तथा व्यापारमा सामान्य फाइदै हुनेछ । गरेका कामबाट पनि सामान्य लाभ भइरहनेछ । आम्दानीको अनुपातमा खर्चको मात्रा बढी हुने समय छ । त्यस्तै लगानीको तुलनामा कममात्र प्रतिफल हातलागी हुनसक्छ । प्रयत्न गर्दा दिगो फाइदा उठाउन सकिनेछ । ऋणमोचन हुने समय छ । अवसर आउने छ, सचेत रहँदा राम्रो लाभ लिन सकिने दिन छ ।

शुभरङ्ग : सेतो वा सुन्तले शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : शिवजी अशुभ रङ्ग : घिउरङ्ग÷बैजनी अशुभ अङ्क : ६ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । दूरगामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिने छ । श्रमको समुचित मूल्याङ्कन हुनेछ । घरायसी सम्बन्ध सुदृढ बन्नेछ ।

शुभरङ्ग : नीलो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : भोलेशङ्कर अशुभ रङ्ग : कलेजी अशुभ अङ्क : ५ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने के नगर्ने : उदासीनता÷नैराश्यता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन, हुन त भाग्यमा चन्द्रमा छ, तर प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष गर्नै पर्छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । तर नेतृत्व नै वहन गर्नुपर्दा अपजसको भागी भइने छ, सचेत हुनुहोला । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, तर भाग्यमा बसेको चन्द्रमाले सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । मन ज्ञान र अध्यात्मतर्फ आकर्षित हुनेछ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् ।

शुभरङ्ग : बैजनी वा पहेंलो शुभअङ्क : १ शुभदिशा : पूर्व इष्टदेवता : विष्णु अशुभ रङ्ग : चम्किलो÷उज्यालो अशुभ अङ्क : ४ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : कुलधर्म र परम्पराको अनुसरण के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने हुनसक्छ । स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ, स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुनसक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।

शुभरङ्ग : ध्वाँसे शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : सङ्कटा देवी अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ३ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : नैराश्यभाव त्याग गर्ने के नगर्ने : तीव्रगति र हडबड

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । नयाँ ज्ञान सिक्ने अनुकूलता मिल्नेछ । परिवारका सदस्यहरूसँग आत्मीयभावमा बृद्धि हुनेछ । प्रेमसम्बन्ध सुदृढ बन्नेछ ।

शुभरङ्ग : सुन्तले शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : विष्णुलक्ष्मी अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : २ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल के नगर्ने : परिवारको बेवास्ता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

हाँकेका र ताकेका काममा चुनौती र प्रतिस्पर्धा गर्नु परे पनि सफल भइने छ । शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । कामको चाप बढ्ने छ, तर बेफाइदा हुँदैन । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्नो क्षेत्र र विषयवस्तुमा अरूले अधिकार जमाउन चेष्टा गरे पनि सफल हुने छैनन् । सरकारी र राज्यपक्षको काममा सफलता मिल्नेछ ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : गणेश अशुभ रङ्ग : सुन्तले÷गुलाबी अशुभ अङ्क : १ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : खानपानमा नियन्त्रण के नगर्ने : आवेग, घमण्ड र क्रोध

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । ज्ञान र बुद्धिको उपयोग हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ ।

शुभरङ्ग : गाढा हरियो शुभअङ्क : ५ शुभदिशा : पूर्व इष्टदेवता : सूर्यदेव अशुभ रङ्ग : कालो अशुभ अङ्क : ३ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या : ०७ के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने के नगर्ने : अल्छी र अकर्मण्यता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

खराब दिन छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । परिवारजन तथा बन्धुबान्धवबीचको दूरी बढ्नेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीका कारण अपमानित हुनुपर्छ । नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर स्थायी सम्पत्ति बेचबिखनको प्रयास सफल हुनेछ ।

शुभरङ्ग : गाढा रातो शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : शिवर्पावती अशुभ रङ्ग : गाढा नीलो अशुभ अङ्क : २ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने के नगर्ने : गोपनीयता भङ्ग

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ, तर्क र विवादमा विजय प्राप्त हुनेछ । कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।

शुभरङ्ग : गाढा हरियो शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : हनुमान् अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे अशुभ अङ्क : १ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने के नगर्ने : साथीभाइको बेवास्ता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुने छ । करकुटुम्ब तथा नातागोताको काममा सहयोग गरिने छ ।

शुभरङ्ग : सेतो वा उज्यालो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : लक्ष्मी माता अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : ९ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी के नगर्ने : बोलीवचनमा कडापन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

राशिमा चन्द्रमा छ, हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीको ढाकछोप गरी अघि बढ्ने अवसर प्राप्त हुनेछ । लाभमूलक कामको आश्वासन पाइनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

शुभरङ्ग : हलुका रातो शुभअङ्क : ५ शुभदिशा : पूर्व इष्टदेवता : गणेश अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ८ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : मन उत्ताउलो नबनाउने के नगर्ने : हतारमा निर्णय

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

http://purbelinews.com कृष्णप्रसाद काेर्इराला

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 
    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

    राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

    नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या
    • राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा
    • नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते
    • मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.