Jankari Kendra
७ आश्विन २०८३, बुधबार
Worldlink

ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, ३
ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

सरकारले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा’ र ‘सबै नेपालीको बैंक खाता’ अभियान अघि सारेको छ।
‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ नाराका साथ यो अभियान थालिएको सरकारले बताएको छ । 


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले सो अभियान शुरु गरेको हो

अभियानअनुसार बैंकहरुले नै खाता खोलेपछि १ सय रुपैयाँ जम्मा गरिदिनेछन्। उनीहरुले सरकारी अभियानलाई सघाउन बचत खाता खोल्ने ग्राहकलाई सय रुपैयाँ बोनस थप्नेछन्।


यस्तो खाता बैंकहरुको शाखा तथा एक्सटेन्सन काउन्टरमार्फत सहजै नागरिकता, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र वा कुनै पनि सरकारी निकायले जारी गरेको फोटोसहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिन्छ।


ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गरिको हो। सो बीमको नेपाल सरकारले प्रिमियम तिर्नेछ |

Top Changing Nepal

युट्युब सट्स