मलेसियामा हुनुहुन्छ ? केहि समस्या भएमा यी नम्वरमा फोन गर्नुस्
मलेसियास्थित नेपाली दुतावासले मलेसियामा कार्यरत रहेको अवस्थामा वा दूतावासबाट सेवा लिनु पर्ने भएमा ०३ २०२०१८९९ मा फोन गर्न आग्रह गरेको छ । सेवा लिन चाहनेहरुलाई सजिलोका लागि दूतावासले एक्सटेन्सन नम्वरहरु सहितको जानकारी सार्वजनिक गरेको हो ।
दूतावासबाट ट्राभल डकुमेण्ट, कागजात प्रमाणिकरण र अधिकृत वारेशनामा चाहिएमा ०३ २०२० १८९९ मा फोन गरी एक्सटेन्सन नं १ थिच्नु पर्नेछ । राहदानी बनाउन र बने नबनेको बारे बुझ्नु परेमा भनें एक्सटेन्सन नं २ थिच्नु पर्नेछ । यसैगरी जेल, डिटेन्सन, खोजतलास, उद्धार एवं कानूनी सहायताका लागि एक्सटेन्सन नं ३ थिच्न दूतावासले अनुरोध गरेको छ ।
कम्पनीप्रति गुनासो, मलेशियाको अध्यागमन र भिसा सम्वन्धी, कामदारको तलवसुविधा र श्रम सम्वन्धी उजुरी गर्नुपरेमा एक्सटेन्सन नं ४ थिच्नु पर्नेछ । मृतकको शव फिर्ता, कामदारले पाउने क्षतिपूर्ति र विकाका बारेमा सेवा लिनु परेमा एक्सटेन्सन ५ थिच्नु पर्नेछ ।
हटलाइनमा सिधै फोन गर्नुपरेमा ०१६ २४७२७७७ मा फोन गर्न दूतावासले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


