Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

जेठ ५ गते,आइतबार – राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, जेष्ठ, ४
जेठ ५ गते,आइतबार – राशिफल

सूर्योदय– ५:१५ बजे, सूर्यास्त– १८:४७ बजे र दिनमान ३३ घडी ४९ पला।

जय गुरु देव !! जय सुर्य देव !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको- पञ्चाङ्ग
वि.सं. २०७६ साल जेठ ५ गते,आइतबार, इश्वी सन् २०१९ मे १९ तारिख,शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष,तिथि– प्रतिपदा, २६:१७ बजेउप्रान्त द्वितीया,नक्षत्र– अनुराधा, २६:५८ बजेउप्रान्त ज्येष्ठा, योग– परिघ, १४:०२ बजेउप्रान्त शिव, करण– वालव, १४:३४ बजेदेखि कौलव, २६:१७ बजेउप्रान्त तैतिल, आनन्दादिमा मृत्यु योग, चन्द्रराशि– वृश्चिक,  सूर्योदय– ५:१५ बजे, सूर्यास्त– १८:४७ बजे र दिनमान ३३ घडी ४९ पला।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ साल जेठ ६ गते,सोमबार, इश्वी सन् २०१९ मे २० तारिख, शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष, तिथि– द्वितीया, २६:०५ बजेउप्रान्त तृतीया, नक्षत्र– ज्येष्ठा, २७:२९ बजेउप्रान्त मूल, योग– शिव, १२:३८ बजेउप्रान्त सिद्ध, करण– तैतिल, १४:०७ बजेदेखि गर, २६:०५ बजेउप्रान्त वणिज, आनन्दादिमा पद्म योग, चन्द्रराशि– वृश्चिक, २७:२९ बजेउप्रान्त धनु, सूर्योदय– ५:१५ बजे, सूर्यास्त– १८:४७ बजे र दिनमान ३३ घडी ५२ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा उत्साह बृद्धि, उपहारादी लाभ, प्रेममा सन्तुष्टि, बोलेको प्रभाव बढ्नुका साथै रोगहरुले छोड्ने छ,व्यवहारमा सफलता मिल्ने छ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चोटपटकको भय तथा मानसिक चिन्ता बृद्धि होला,मान सम्मान बृद्धि, यश, आनन्द प्राप्ति तथा बैंक व्यालेन्स बृद्धि होला,पढाइ लेखाइमा रुची बढ्ने छ,आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सुख बृद्धि,जागिर प्राप्ति आयआर्जन बृद्धि तथा मिष्ठान्न भोजन लाभ होला,दण्ड जरिवाना तिर्नु पर्दा मान सम्मानमा आँच आउला, भाग्योदयको योग छ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मान्यजनबाट सहयोग प्राप्ति,शरीर निरोगी,मनमा प्रशन्नता बृद्धि तथा घरमा कुटुम्बको आगमन होला,होच्याउने तथा मानसिक चिन्ता बृद्धि होला,आजको शुभ अंक १ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
झैझगडा तथा पेटको समस्या बृद्धि होला भने बाँकी दिन सन्तान सुख, महत्वपूर्ण कार्य सिद्धि तथा मान्यजनको सहयोग प्राप्त भई बिग्रनै आँटेको काम बन्ला,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शरीरमा पीडा बृद्धि तथा बेकारका कुराकानीले दिन बित्ला भने बाँकी दिन राज्यद्वारा सहयोग प्राप्ति तथा कार्य सिद्धि होला, लगानी सही ठाउँमा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,यश आनन्द बृद्धि,प्रेम वार्ता तथा शत्रुहरु मित्रमा परिणत होलान्,मनमा खिन्नता होला,आजको शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
समय तपाईंको पक्षमा हुँदा कार्य सफल। स्वास्थ्य स्थितिमा सुधार तथा मिष्ठान्न भोजन लाभ होला भने बाँकी दिन नाना रोगले सताउला,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
झैझगडा तथा आफन्तसँग वैरभाव बृद्धि होला भने बाँकी दिन यात्राको योग, शत्रुहरु पराजय, घरायसी सुखलाभ तथा स्वास्थ्य स्थिति ठिक होला,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धनलाभका बाटाहरु प्रशस्त रुपमा खुल्ने छ,मनमा छट्पटी बृद्धि तथा बन्नै आँटको काम बिग्रेला भने बाँकी दिन यात्रा योग तथा शत्रुहरु पराजय होलान्,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अनावश्यक धन खर्च होला,धैर्यता बृद्धि भई अधुरा कार्य पूर्ण रुपमा सफल होला,जलको भय तथा नराम्रा सपना देखिएला भने बाँकी दिन कार्य सफल होला,आजको शुभ अंक १२ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
समय तपाईंको पक्षमा हुँदा समय विपरित लिङ्गसँग वार्तालाभ, नवीन बस्त्र लाभ भई मनमा आनन्द बृद्धि होला,ढाड पेटको समस्याले दुःख देला,आजको शुभ अंक ३ रहेको छ।

Top Changing Nepal

युट्युब सट्स