• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ बैशाख २०८३, बिहीबार
०३ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
  • १६ घण्टा 

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
  • १६ घण्टा 

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने
  • १७ घण्टा 

सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक
  • १७ घण्टा 

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित
  • १९ घण्टा 

रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपैँया लेबी बुझाउनुपर्ने
  • १९ घण्टा 

गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा
  • २० घण्टा 

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८२ चैत ३० गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • ३. अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

  • ४. देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ५. इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

  • ६. नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’

  • ७. तरलता नियन्त्रण गर्न राष्ट्र बैँकले १ खर्ब २५ अर्ब रुपैँया निक्षेप संकलन गर्ने

  • ८. २०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

  • १०. गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा

जुकिनी फर्सी अर्थात स्क्वासको खेती गर्ने सजिलो तरीका

admin २०७६, असार, ११

स्क्वास फर्सी बाली वा लहरे बाली समूह अन्तर्गत पर्ने एक अगौटे तरकारी बाली हो। नेपालमा जुकिनी समूहका जातहरुको खेती गरिने भएकोले यसलाई जुकिनी स्क्वास वा जुकिनी फर्सी पनि भन्ने चलन छ।

स्क्वास फर्सीको विशेषता के हो ?

यसको बोट होचो हुन्छ, फल पनि सानो हुन्छ र लहरा जाँदैन। यसको बढ्ने एउटै मात्र मुण्टा हुन्छ। कलिलो फल मात्र तरकारीको रुपमा खाने गरिन्छ। यसको बेमौसमी खेती गरी कृषकहरुले आर्थिक लाभ लिइरहेका छन्।

यो बाली कस्तो किसिमको हावापानीमा राम्ररी फस्टाउँछ ?

यो न्यानो तथा गर्मी मौसमको बाली हो। मुख्य रुपमा बसन्त र ग्रीष्म ऋतुमा यसको खेती गरिन्छ। स्क्वासका लागि न्यूनतम १० देखि ३० डिग्री सेन्टिग्रेडको तापक्रम बोटको वृद्धि र फल लाग्नको निमित्त राम्रो हुन्छ। यसले तुषारो खप्न सक्तैन।छोटो दिन र केहि कम तापक्रममा पोथी फूल बढी आउँछ। बढी तापक्रम भएमा भाले फूलको प्रधानता रहन्छ।

यसलाई कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?

निकासको राम्रो व्यवस्था र पि.एच. मान ५.५ देखि ६.५ भएको मलिलो हल्का बलौटे देखि दुमट माटोमा स्क्वास खेती गर्न सकिन्छ। अम्लिय माटोमा बाली राम्रो हुँदैन। माटोको पि.एच. मान ५.५ भन्दा कम भएमा प्रति रोपनी १० देखि १५ के.जी. कृषि चुन जमिनको अन्तिम तयारी गर्दानै माटोमा मिसाउनु पर्दछ।

नेपालमा पाइने स्थानिय जातहरुमा कुन जात सबैभन्दा प्रचलित छ र किन ?

नेपालमा पाईने असारे स्क्वास जात सबैभन्दा प्रचलित जात हो। यो २०५१ सालमा उन्मोचन गरेको जात हो। यसलाई जुकिनी ग्रे कोट भनिन्छ। यो जात तराई मध्य पहाड र उच्च पहाडमा खेती गर्न सिफारिस गरिएको छ।

स्क्वासका अन्य जातहरु कुन–कुन हुन्रु ?

स्क्वासका अन्य जातहरुमा ब्ल्याक जुकिनी, ब्ल्याक ब्यूटी छन् भने वर्णसंकर जातहरुमा अन्ना १०१, अन्ना २०२, अन्ना ३०३, टुंग्रीन,लङ्ग ग्रीन, सोन्डो भी, हनि डेजर्ट, दाभिन्च आदि छन्।

स्क्वास रोप्ने जमीन कसरी तयार गरिन्छ ?

स्क्वासको जरा गहिरो जाने हुँदा जमिन पनि निकै गहिरो जोत्नु पर्छ। जमिनलाई २–३ पटक राम्रोसँग खनजोत गरी माटो खुकुलो तथा बुर्बुराउँदो बनाउनु पर्छ। जमिन तयार गर्दा १.५ मिटर चौडा डयाङ्ग र दुई डयाङ्गको बीचमा २५ सेन्टिमिटर चौडा र १५ सेन्टिमिटर गहिरो कुलेसो बनाउनु पर्दछ।

स्क्वासको बीउ सोझै खेतमा रोप्न सकिन्छ तर आजकल किन प्लाष्टिक थैलामा पनि उमारिन्छ ?

स्क्वासको छिटो उत्पादन लिन काँक्रो र करेलामा जस्तै प्लाष्टिक थैलामा बिरुवा उमारेर मुख्य खेत बारीमा सार्ने चलन छ किन की यसबाट थोरै जमीनमा नर्सरीको रुपमा बिरुवा हुर्काईन्छ र मुख्य खेतवारीमा सारिन्छ जस्ले गर्दा उत्पादन पनि चाँडै लिन सकिन्छ।

स्क्वास खेती गर्दा मलखादको ब्यवस्थापन कसरी गरिन्छ ?

एक रोपनी जग्गाको लागि १ देखि १.५ मे.टन गोबरमल, ७.५ के.जी. यूरिया,७.५ के.जी. डि. ए.पी.,५ के.जी. पोटास मलको आवश्यकता पर्दछ।

स्क्वासको बेर्ना कसरी रोपिन्छ ?

हारबाट हारको दूरी १०० से.मि. र बोट देखि बोटको दुरी पनि १०० से.मि. हुने गरी मलखाद भरेर तयार गरिएको ३० X ३० X ३० से.मि. को खाड्लमा जरा नखलबलिने गरी माटोको ढिक्का सहितको बेर्ना खाड्लमा रोप्नु पर्दछ।

मौसम अनुसार सिंचाई तथा निकासको व्यवस्था कस्तो हुनु जरुरी छ ?

स्क्वास डयाङ्गमा लगाईने बाली भएकोले कुलेसोमा पानी लगाएर सिचाई गरिन्छ। सिँचाईपछि र पानी परेपछि कुलेसोमा जमेको बढी पानीको तुरुन्तै निकास गर्नु पर्दछ, नत्र जरा कुहिन्छ।यो सुख्खा मौसमको बाली भएकोले ४ देखि ५ दिनको फरकमा १० पटकसम्म पनि सिँचाई दिनु पर्दछ।

स्क्वासमा सुक्ष्म तत्वको प्रयोग कसरी गरिन्छ ?

स्क्वासमा बिभिन्न सुक्ष्मतत्व खास गरेर क्याल्सियमको कमि देखा पर्दछ। मल्टिप्लेक्स वा एग्रोमिन ३ एम. एल. प्रतिलिटर पानीका दरले मिसाई छर्दा राम्रो उत्पादन भएको पाइएको छ।

स्क्वास बालीमा रोपाई पछिको हेरचाह कसरी गरिन्छ ?

विरुवा ६/७ पाते भएपछि र फूल आउन थालेपछि २ पटक गोडाई गरेर युरिया मलले टपड्रेस गर्नुपर्छ। फल लाग्न थाल्नुभन्दा केही दिनअघि बोटका वरिपरि पराल ओछ्याई दिए फल सोझै माटो तथा हिलोको संसर्गमा आउँदैन र फल कम कुहिन्छ।

स्क्वास बालीमा लाग्ने मुख्य कीराहरु कुन कुन हुन्रु ?

स्क्वास बालीमा लाग्ने मुख्य कीराहरुमा फलको औंसा र रातो खपटे कीरा हुन्।

स्क्वास बालीमा लाग्ने फलको औंसाको नियन्त्रण कसरी गर्न सकिन्छ ?

फलको औंसाको पोथी झिँगाको तिखो फूल पार्ने अँगले कलिलो फललाई छेडेर फूल पार्दछ। पछि फूलबाट औँसाहरु निस्केर फल कुहाउँछन्।फलको औंसाको नियन्त्रण गर्न क्यूलिएर नामक फेरोमन ट्रयापको पासो थापिन्छ जसमा भाले आकर्षित हुने क्यूलिएर ४ थोपा र मालाथायन वा नुभान ५–७ थोपा राखी बनाएको फेरोमन पासो १–२ फिट उचाईमा झुण्डाएर राखिन्छ। यसले गर्दा फल कुहाउने झिंगाको भाले कीराट्रयापमा परि मर्दछ र फलस्वरुप कीराको प्रजनन क्रिया हुन नसकी कीराको संख्या घट्दछ।

त्स्क्वास बालीमा लाग्ने रातो खपटे कीराको नियन्त्रण कसरी गर्न सकिन्छ ?

रातो खपटे कीराले कलिला पातको तल्लो सतहको हरियो भाग कोत्रेर खान्छन् र पातका नसाहरु देखिन्छन्। यस कीरालाई नियन्त्रण गर्न बेर्ना सार्ने वेलामा मालाथियन ५ प्रतिशतको धुलो १ किलोग्राम प्रतिरोपनीका दरले माटोमा छर्नुका साथै बिरुवामा प्रकोप देखिएको अवस्थामाउक्त विषादि २ मि।लि। प्रति लिटर पानीमा मिसाई बिरुवामा छर्नु पर्दछ।

स्क्वास बालीका मुख्य रोगहरु कुन कुन हुन् ?

स्क्वास बालीमा लाग्ने मुख्य रोगहरुमा पाउडरी मिल्ड्यू र डाउनी मिल्ड्यू हुन्।

स्क्वास बालीमा लाग्ने पाउडरी मिल्ड्यू रोगका लक्षण र रोकथामका उपाय बताई दिनुहुन्छ कि ?

पाउडरी मिल्ड्यू रोगको लक्षणमा पातहरुमा वा डाँठमा सेता वा खैरा धव्वाहरुबाट खरानी जस्तो धुलो निस्कन्छ र फल तथा पात पुरै सेतो पाउडरले ढाकेको जस्तो देखिन्छ। यस रोगको लागि केराथेन२-३ मि.लि. प्रति लिटर पानीमा मिलाई छर्कने वा सर्भो तेल १० मि.लि. प्रति लिटर पानीमा मिसाई छर्कनाले रोगको रोकथाम गर्न सकिन्छ।

स्क्वास बालीमा लाग्ने डाउनी मिल्ड्यू रोगकालक्षण र रोकथामका उपायबारे बताई दिनुस्रु ?

डाउनी मिल्ड्यू रोगको कारणले शुरुको अबस्थामा पातको माथिल्लो सतहमा चहकिलो पहेंलारखैरा थोप्लाहरु देखिन्छन् भने तल्लो सतहमा काला रंगका ढुसीदेखा परेर अन्ततः पातहरु सुक्न थाल्दछन्। यस रोगको रोकथामका लागि बेभिष्टिन २ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेको बीउमात्र प्रयोग गर्ने तथा रोगको प्रकोप बढि भएमा तामायुक्त -कपर अक्सिक्लोराइड) बिषादी २-३ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्कने।

स्क्वासको उत्पादन प्रति रोपनी कतिसम्म हुन्छ?

स्क्वासको उत्पादन लगाएको जात र मौसममा भर पर्दछ। स्क्वासले वसन्त-ग्रीष्मयाममा बढी उत्पादन दिन्छ। गर्मी तथा सुख्खा मौसममा सारेको स्क्वास सारेको ३०/४० दिनमा फल टिप्नयोग्य हुन्छ। एक रोपनीबाट १५०० देखि २००० के.जि. सम्म बिक्रीयोग्य फल प्राप्त हुन्छ।

स्क्वास फर्सी बालीको टिपाई कसरी गर्नु पर्दछ ?

स्क्वासफर्सी कलिलो बोक्रा नछिप्पिएको अवस्थामा टिप्नुपर्छ।सिकेचरवा चक्कुले भेट्नोसहित टिप्नु उपयुक्त हुन्छ।सकेसम्म सांझपख फल टिपी छहारीमा राखी भेलीपल्ट बजार लैजानु राम्रो हुन्छ।

छनौटरग्रेडिङ्ग गर्दा कुन कुन कुराहरुमा ध्यान पुर्यातउनु पर्दछ ?

स्क्वास टिपिसके पछि कुहिएका, सडेका, विकृत देखिएका, कीरा तथा रोग लागेका फलहरू हटाउनु पर्दछ।फलमा टाँसिएका अखाद्य वस्तुहरू, मल, माटोका कणहरू, झारपात आदिलाई पानीले धोई पखाली छहारीमा राखी ओभाउन दिनु पर्दछ।स्क्वासको जात, आकार, रङ्गको आधारमा फलहरूलाई वर्गीकरण गरीठूला, मझौला र साना गरी ग्रेडिङ्ग गर्नुपर्दछ।

स्क्वास फर्सीलाई प्याकिङ्ग कसरी र कुन सामग्री प्रयोग गरी गर्नु पर्दछ ?

प्याकिङ्गको लागि प्लाष्टिक क्रेट, काठको बाकस, टोकरी, खर्पन वा कागजको कार्टुन प्रयोग गर्नु पर्दछ।डोका तथा टोकरीहरू प्रयोग गर्दा सोली आकारको भन्दा लगभग तलमाथि बरावर व्यास भएकोमा प्याकिङ्ग गर्नु राम्रो हुन्छ।कागजको कार्टुन बाहेक अन्य प्याकिङ्ग सामग्रीहरूमा प्याकिङ्ग गर्दा कुसनको काम गर्ने गरी पिंध र वरिपरि कागज, पराल, जङ्गली अथवा तरकारीका पातहरू राखी प्याकिङ्ग गर्नु पर्दछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

ताजा

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.