नेपाल सरकारले यस्तो राष्ट्रिय परिचय पत्र वितरण गर्दै
सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्नका लागि विभिन्न मस्यौदा र यसको स्वरुप कस्तो हुने सम्बन्धमा सरोकारवालासँग सुझाव सङ्कलन सुरु गरेको छ ।
राष्ट्रिय परिचयपत्रको अवधारणा र नेपालको सन्दर्भ तथा राष्ट्रिय परिचयपत्रको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि इलाममा कार्यालय प्रमुख, राजनीतिक दल, सञ्चारकर्मी, विद्यार्थी र सङ्घसंस्थाका प्रतिनिधिसँग सुझाव सङ्कलन सुरु गरेको हो ।
राष्ट्रिय परिचयपत्र के हो, यसको दीर्घकालीन सोच र फाइदा, उपयोगितालगायत विषयमा हालसम्म राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक डा कृष्णबहादुर घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए । सरकारले नागरिकलाई बहुउपयोगी बायोमेट्रिक स्मार्ट कार्ड उपलब्ध गराउन आव २०६६\०६७ को नीति तथा कार्यक्रमबाटै सम्बोधन गरिसकेकाले गृह मन्त्रालयमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना भई धेरै काम अघि बढाइसकेको उनले जानकारी दिए ।
उक्त व्यवस्थापन केन्द्रले व्यक्तिको बहुपहिचानका लागि छुट्टाछुट्टै परिचय नम्बर प्रदान गर्न आवश्यक पूर्वाधार तयार गर्ने, निर्वाचन आयोगबाट सङ्कलित मतदाता नामावली विवरण प्राप्त गरी परिचयपत्रका लागि उपयोग गर्ने, सरकारी सेवा र सुविधालाई एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्र प्राप्त हुने व्यवस्था मिलाउनेलगायत काम गर्ने निर्देशक घिमिरेले बताए ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

