सूर्योदय– ५:२४ बजे, सूर्यास्त– १८:५६ बजे र दिनमान ३३ घडी ० पला। व्रत/पर्व-गोरखकाली पूजा,सर्वार्थसिद्धि योग १४:३४ बजेसम्म।
जय गुरु देव !! जय माँ बंगालामुखी !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको- पञ्चाङ्ग
वि.सं. २०७६ साउन ९, बिहीबार, इ.स. २०१९ जुलाई २५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, अष्टमी, १४:५७ उप्रान्त नवमी, नक्षत्र– अश्विनी, १४:३४ बजेउप्रान्त भरणी, योग– धृति, ७:०८ बजेउप्रान्त शूल, करण– कौलव, १४:५७ बजेदेखि तैतिल, २७:१६ बजेउप्रान्त गर, आनन्दादिमा मानस योग, चन्द्रराशि– मेष,सूर्योदय– ५:२४ बजे, सूर्यास्त– १८:५६ बजे र दिनमान ३३ घडी ० पला। व्रत/पर्व-गोरखकाली पूजा,सर्वार्थसिद्धि योग १४:३४ बजेसम्म।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ साउन १०, शुक्रबार, इ.स. २०१९ जुलाई २६,शकसंवत् १९४१,परिधावी संवत्सर,दक्षिणायन,वर्षा ऋतु, ने.सं. ११३९ दिल्लागा,श्रावण कृष्णपक्ष,नवमी, १५:२८ उप्रान्त दशमी, नक्षत्र– भरणी, १५:४६ बजेउप्रान्त कृत्तिका,योग– शूल, ६:४३ बजेउप्रान्त गण्ड, करण– गर, १५:२८ बजेदेखि वणिज, २७:३२ बजेउप्रान्त भद्रा, आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मेष, २२:०० बजेउप्रान्त वृष, सूर्योदय– ५:२४ बजे, सूर्यास्त– १८:५५ बजे र दिनमान ३३ घडी ७ पला।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ, प्रतिस्पर्धी परास्त होलान्,सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ,गोपनीयतामा ध्यान पुर्याउनुहोला,आजको शुभ अंक १० रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ, धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक १ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ,पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ,नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला,शत्रुहरू किनारा लाग्नेछन्,आजको शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ, आजको शुभ अंक ४ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ,भौतिक साधन जोड्ने समय छ,सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ,साँझदेखि केही अप्ठ्यारा परिस्थिति अाउन सक्छन्, सचेत हुनुहाेला,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक १० रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,काममा लगानी बढाउने समय छ, बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ,अाफन्तबाट टाढिनुपर्ला,आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ,स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आतिथ्यपूर्ण सम्मान पाइएला,सहयोगीहरूबाटै धोका पाइएला,व्यावसायिक काममा खर्च बढ्नेछ,काम पूरा नहुनाले खिन्नता बढ्ला,सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ,मुद्दा–मामिलामा विजयी भइनेछ,आम्दानी कम भए पनि जीवनसाथीका माध्यमबाट काम बन्न सक्छ, आजको शुभ अंक ९ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
बाध्यतापूर्ण काममै समय बित्न सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ,रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ,परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ,साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ,केही दण्ड–जरिवाना पनि सम्भावना छ,आजको शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
कीर्तिमानी काम गर्ने समय छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला,समस्या थपिन सक्छन्, सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ, स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ, उपचारमा खर्च हुने योग छ,भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,आजको शुभ अंक ५ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहाेला,माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ,आजको शुभ अंक २ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ,शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ,पारमा पनि प्रशस्त फाइदा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,मुद्दा–मामिलामा विजयी भइनेछ, माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ, पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ, आजको शुभ अंक ११ रहेको छ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)