काठमाडौं । नेपाली बजारमा १० दिनदेखि ओरालो लागेको सुनको भाउ ११ सयले बढेको छ । आइतबार ४ सयले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा ११ सयले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउमा पनि वृद्धि भएको छ । आज चाँदी तोलाको ८६५ रुपैयाँमा किचबेच भइरहेको छ । आइतबार चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भएको थियो ।